वाशिङटनमा १० हजार गार्ड उतार्न चाहन्थे ट्रम्प, अधिकारीहरुले विरोध गरेका थिए

डिसी नेपाल
२६ जेठ २०७७ ९:११

काठमाडौं। अमेरिकामा अहिले अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्युको विरोधमा प्रदर्शन जारी छ । राजधानी वाशिङटनसमेत देशका कैयौं शहरहरुमा विगत २ हप्तादेखि प्रदर्शन भइरहेको छ । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशका कैयौं क्षेत्रमा नेशनल सेक्युरिटी गार्ड उतार्ने निर्णय गरेका थिए तर अहिले भने उनीहरुलाई फिर्ता बोलाइएको छ ।

पछिल्लो समय एक अधिकारीले बताएअनुसार ट्रम्प वाशिङटनमा १० हजार सैनिक उतार्न चाहन्थे । पेन्टागनले अमेरिकाको सडकमा सेना उतार्ने निर्णयको विरोध गरिरहेको थियो । रिपोर्टका अनुसार यसलाई लिएर अमेरिकी राष्ट्रपति कार्यालयमा चर्को बहस पनि भएको थियो ।

बहसका बीच कैयौं शहरमा नेशनल सेक्युरिटी गार्ड तैनाथ गरिएको पनि थियो । अहिले भने ट्रम्पले उनीहरुलाई फिर्ता बोलाएका छन् । अमेरिकी मिडियाका अनुसार रक्षा सचिव मार्क उस्पर, चीफ अफ स्टाफ समेत कैयौं अधिकारी डोनाल्ड ट्रम्पको फैसलाविरुद्ध थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *