चीनले कोरोनाभाइरसका विषयमा जारी गरेको श्वेतपत्रमा के छ ?

डिसी नेपाल
२६ जेठ २०७७ १४:०७

बेइजिङ । चीनले कोरोनाभाइरका विषयमा एक श्वेतपत्र जारी गरेको छ । श्वेतपत्रमा पहिलो पटक २७ डिसेम्बरमा भाइरल निमोनियाको रुपमा भाइरसको बारेमा थाहा भएको बताइएको छ । मानिसबाट मानिसमा संक्रमण फैलिने जानकारी भने १९ जनवरीमा मात्र थाहा भएको श्वेतपत्रमा उल्लेख छ ।

चीनले भाइरस मानिसबाट मानिसमा फैलिने थाहा भएपछि यसलाई रोक्न तत्परताका साथ कदम उठाएको जनाएको छ । श्वेतपत्रमा कोरोनाभाइर संक्रमण फैलिएपछि यसको जानकारी साझा गर्न बेइजिङले ढिलाइ गरेको भन्दै लागेका आरोपहरुको खण्डन गरिएको छ । अमेरिकी र युरोपेली पश्चिमी देशहरुले चीनले कोरोनाभाइरसको बारेमा जानकारी दिन ढिलाइ गरेको आरोप लगाउँदै आएका छन् ।

श्वेत पत्रका अनुसार २७ डिसेम्बरमा वुहानको एक अस्पतालमा भाइरसको बारेमा थाहा भएपछि सरकारले बिरामीको स्थितिको विश्लेषण गर्नको लागि विशेषज्ञहरु बोलाएको थियो । जाँचमा ती सबै बिरामी भाइरल निमोनियाका भएको पाइएको थियो । नेशनल हेल्थ कमिशनले गठन गरेको विशेषज्ञको टिमले यो भाइरस मानिस–मानिसमा प्रसारण भएको १९ जनवरीमा पुष्टि गरेका थिए ।

श्वेत पत्रमा वुहानको पशुपन्छी बजारबाट भाइरस फैलिएको कुनै आधार पनि नभेटिएको बताइएको छ । पहिले भने यहाँ बिक्री हुने चमेरा र पेंगोलिनबाट भाइरस फैलिएको विश्वस गरिएको थियो । चीनले समयबद्ध तरिकाले विश्व स्वास्थ्य संगठन र अमेरिकासहितका देशलाई भाइरसको जानकारी र जिनोम सिक्वेन्स उपलब्ध गराएको बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *