इजरायलद्वारा इजिप्टका लागि पहिलो महिला राजदूत नियुक्त

डिसी नेपाल
२६ जेठ २०७७ २१:०४

तेल अबिब । इजरायलले इजिप्टका लागि नयाँ राजदूत नियुक्त गरेको छ । उहाँ इजिप्टका लागि इजरायलको तर्फबाट पहिलो महिला राजदूत भएको अधिकारीले जनाएका छन् ।

इजरायलले चर्चित कुटनीतिज्ञ अमिरा ओरोनलाई आइतबार इजिप्टका लागि राजदूत नियुक्त गरेको जनाइएको छ ।

“सरकारले आज अमिरा ओरोनलाई इजरायलको तर्फबाट इजिप्टका लागि राजदूतको रुपमा नियुक्त गर्ने निर्णयलाई पारित गरेको छ,” विदेश मन्त्री गावि अश्केनाजीले भने ।

उहाँलाई सो पदमा नियुक्त गरेपछि दुई देशको आपसी सम्वन्ध र कुटनीतिक क्षेत्रमा राम्रो नजिता आउने अपेक्षा गरिएको पनि विदेश मन्त्री अश्केनाजीले बताए ।

राजदूतमा नियुक्त ओरोनले अरबी भाषामा राम्रोसँग बोल्न सक्छिन् भने प्रभावशाली कुटनीतिज्ञका रुपमा लिइने गरिन्छ ।

उनलाई धेरै पहिला नै नियुक्त गर्नुपर्ने भएपनि सरकार भित्रको आन्तरिक मतभेदका कारण ढिलाई भएको जनाइएको छ ।

इजरायलतको तर्फबाट इजिप्टमा यसअघि डेभिड गोर्भिन राजदूत थिए । उनि गत बर्ष सन् २०१९ को मे मै फर्किनु भएको थियो । त्यसपछि इजिप्टमा इजरायलको राजदूत पदमा नियुक्त हुन सकेको थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *