चीनलाई ठूलो धक्का दिँदै ट्रम्प, नयाँ बिधेयकमा हस्ताक्षर गर्दै

डिसी नेपाल
२७ जेठ २०७७ ११:२१

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीनलाई ठूलो धक्का दिने तयारीमा छन् । अमेरिकी कांग्रेसले उइगुर मुस्लिमहरुलाई हिरासतमा लिनबाट चिनियाँ अधिकारीलाई रोक्नको लागि जुन विधेयकलाई मन्जुरी दिएको थियो, त्यसमा ट्रम्पले हस्ताक्षर गर्ने तयारी गरेका छन् ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले गत महिना चीनको पश्चिमी क्षेत्र शिनजियांगमा उइगुर मुसलमानहरुलाई हिरासतमा राखेको र प्रताडित गरेकोमा चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्धको आह्वान गर्दै विधेयक पारित गरेको थियो । यही विधेयक अब राष्ट्रपतिकहाँ पठाइँदैछ ।

रोयटर्सको एक रिपोर्टमा सूत्रको हवाला दिँदै ट्रम्पले उक्त विधेयकमा हस्ताक्षर गर्ने बताइएको छ । रिपोर्टका अनुसार एक परिचित सूत्रले भनेको छ कि छिटै यो विषयमा घोषणा हुन सक्छ । यद्यपि यसको लागि कुनै समय निश्चित गरिएको छैन । गत महिना सदनबाट यो विधेयक पास हुँदा ट्रम्पका साथी रिपब्लिकन सांसदहरुले यो विधेयकमा ट्रम्पले हस्ताक्षर गर्ने आफूलाई आशा भएको बताएका थिए । त्यतिबेला ह्वाइट हाउसले भने ट्रम्पले यसमा हस्ताक्षर गर्छन् वा गर्दैनन् भन्ने विषयमा कुनै संकेत दिएको थिएन ।

यदि ट्रम्पले यो विधेयकमा हस्ताक्षर गरे भने यो चीनको लागि ठूलो धक्का हुन सक्छ । रिपोर्टका अनुसार यो विधेयकले चीनको शिनजियांग प्रान्तसहित अन्य क्षेत्रमा उइगर मुस्लिमहरुमाथि दमनका जिम्मेवार व्यक्तिहरुमाथि प्रतिबन्धको आह्वान गर्छ । संयुक्त राष्ट्रसंघले शविरहरुमा १० लाख भन्दा धेरै उइगर मुस्लिमहरुलाई हिरासतमा लिइएको अनुमान गरेको छ ।

अमेरिकी कंग्रेसबाट विधेयक पारित भएपछि रिपब्लिकन सिनेटर मार्को रुबियोले भनेका थिए ‘कंग्रेसले स्पष्ट सन्देश दिएको छ कि चीन रकार यस्तो कुनै पनि किसिमको काम गर्न सक्दैन ।’ सभामुख न्यान्सी पेलोसीले पनि एक बयानको क्रममा अमेरिकी कंग्रेसले बेइजिङले उइगर मुसलमानको मानवअधिकार हनन गरेको विरुद्ध कडा कदम उठाउन लागेको बताएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *