चिनियाँ सामान बहिष्कार गर्दा भारत आफैं संकटमा पर्नेछ
काठमाडौं। लद्दाखमा भारत र तीनको सीमामा रहेको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारत र चीनबीच तनाव बढिरहेको छ । तनाव घटाउनको लागि दुवै देशका सैन्य प्रतिनिधिको वार्ता पनि भएको छ तर कुनै निचोड आइसकेको छैन । पछिल्लो समय भारतमा उग्र राष्ट्रवाद मौलाएको छ र भारतीयहरुले अहिले अति देशभक्ति देखाउँदै चियिाँ सामान बहिष्कार गर्ने माग गर्न थालेका छन् । खासगरी सामाजिक संजालमा चिनियाँ सामान बहिष्कार गर्ने माग जोडतोडले उठ्न थालेको छ ।
भारतमा उठिरहेका यस्ता विषयहरुको बीचमा चीनले भारतलाई चेतावनी दिएको छ । चीन सरकारको मुखपत्र मानिने ग्लोबल टाइम्सले यसलाई चीनलाई बदनाम गर्ने षड्यन्त्र भएको बताउँदै यसले भारत नै संकटमा पर्ने बताएको छ । चिनियाँ विशेषज्ञको हवाला दिँदै ग्लोबल टाइम्सले यस प्रकारको व्यवहार भारतकै लागि महंगो पर्ने चेतावनी दिएको छ । चीनका विशेषज्ञले भनेका छन् ‘चिनियाँ उत्पादनको बहिष्कारको आह्वानका कारण भारतीयहरुको दैनिक जीवनमा व्यापक रुपमा प्रयोग हुने यी वस्तुहरुको कमी हुने सम्भावना छ ।’
भारतमा चर्चित इन्जिनियर सोनम वांगचुकले सामाजिक संजालमार्फत चीनमा बनेका स्मार्टफोन, एपदेखि लिएर चिनियाँ उत्पादन बहिष्कार गर्न आह्वान गरेका थिए । वांगचुक उनै हुन जसको जीवनकथामा आधारित रहेर बलिउडको सुपरहिट फिल्म ‘थ्री इडियट्स’ बनाइएको थियो र फिल्ममा सोनमको भूमिका आमिर खानले गरेका थिए ।
Facebook Comment