आयरल्यान्ड क्रिकेट टोलीद्धारा प्रशिक्षण सुरु

काठमाडौं । आयरल्यान्डका केन्द्रिय करारका खेलाडीहरू कडा स्वास्थ्य दिशानिर्देशहरूका साथ प्रशिक्षणमा फर्केका छन्। यो संगै आयरल्यान्डले अब इङल्यान्ड भ्रमण गर्ने सम्भावना बढेको छ। आयरल्यान्डले जुलाई ३० देखि इङल्यान्ड भ्रमणमा तिन एकदिवसीय श्रृंखला खेल्ने तय भएको छ । तर क्रिकेट आयरल्याण्ड र इङल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले श्रृंखलालाई सेप्टेम्बरमा सार्ने विचार गरिरहेको छ ।
क्रिकेट आयरल्याण्डका निर्देशक रिचर्ड होल्ड्सवर्थले भने, “हामी अझै ईसीबीसँग छलफल गरिरहेका छौं, ती खेलहरूको तयारीका लागि स्वीकृति हुनुपर्दछ। लकडाउन पछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किन कम्तिमा ६ देखि ८ हप्ता लाग्न सक्दछ। विशेष गरी हाम्रो बलरहरुको, लागि किनभने इङल्यान्ड टीमले प्रशिक्षण सुरु गरिसकेको छ र यस्तो अवस्थामा हामीलाई घाटा हुन सक्दछ ।”
एक रिपोर्टका अनुसार आयरल्यान्ड पुरुष र महिला क्रिकेट टीमका लागि आयरल्याण्ड उच्च प्रदर्शन केन्द्र डब्लिन, बेलफास्टको सिभिल सर्विस ग्राउन्ड जस्ता स्टेडियमहरू पूर्ण रूपमा सफा गरिएका छन् जहाँ टोलीले प्रशिक्षण सुरु गर्नेछ। श्रीलंका, इङल्यान्ड र अफगानिस्तान पछि आयरल्यान्ड कोविड १९ महामारीको बीचमा अभ्यास सुरु गन चौथो क्रिकेट टीम हुनेछ ।
Facebook Comment