मन्त्रिपरिषद बैठक बस्दै, लकडाउनका विषयमा निर्णय हुने
काठमाडौं। लडकाउनको मेडालिटीका विषयमा छलफल गर्न आज (बुधबार) मन्त्रिपरिषद बैठक बस्दैछ। लकडाउन खुकुलो बनाउन सरकारमाथि दबाव बढिरहेको बेला मन्त्रिपरिषद बैठक बस्न लागेको हो।
बैठकमा लकडाउनको मोडालिटीका विषयमा छलफल हुने एजेण्डा रहेको एक मन्त्रीले जानकारी दिए। मुलुकमा दैनिक कोरोना संक्रममितको संख्या बढिरहेको छ। तर चैत ११ गतेदेखि जारी लकडाउन जेठभरी कायम हुँदा दैनिक लकडाउन उल्लंघन गर्नेको संख्या बढिरहेको छ।
कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय समन्वय समितिले विभिन्न लकडाउन खुलुलो बनाउने सम्बन्धि प्रस्ताव मन्त्रिपरिषदका पेश गरेको छ।
समितिले विभिन्न सरोकारवाला निकायसँग छलफल गरी लकडाउनको मोडालिटीका विषयमा छलफल गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले पनि विभिन्न निकायका पदाधिकारीसँग लकडाउनको मोडालिटीका विषयमा छलफल गरेका थिए।
समन्वय समितिको एक सय भन्दा कम संक्रमित देखिएका जिल्लामा लकडाउन खुलुलो बनाउनु पर्नेलगायतको प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ। अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेर आर्थिक र समाजिक गतिविधि संचालन गर्न दिनुपर्ने विज्ञहरुले सुझाव दिएका थिए।
सरकारले लकडाउन खुकुलो बनाउने हल्ला चलेसँगै राजधानीमा चलहपहल बढेको छ। तर मंगलबार व्यापारीले बाक्लो रुपमा पसल खोलेपछि प्रहरीले बन्द गराएको थियो।
Facebook Comment