कोरोना भाइरसबाट विश्वमा ४ लाख १३ हजार भन्दा बढीको मृत्यु, ७३ लाखभन्दा बढी संक्रमित
जेनेभा। कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १३ हजार ७६० पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ७३ लाख २५ हजार ८३९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्वारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।
नेपाली समयानुसार बुधबारसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसका कारण बिरामी भएका ३६ लाख ६ हजार ९० जना निको भएका छन्। हाल विश्वभरमा कोरोना भाइरस संक्रमित ३३ लाख ६ हजार ३४६ व्यक्ति उपचाररत रहेका छन्। संक्रमितहरुमा ५४ हजार २९ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।
चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ। डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र २० लाख ४५ हजार ७१५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन्। यस प्रकोपका कारण अमेरिकामा १ लाख १४ हजार १५१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ।
दक्षिण अमेरिकामा १२ लाख १९ हजार ७२३ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ५२ हजार ८५७ जनाको मृत्यु भएको छ। उत्तर अमेरिकामा २३ लाख ३३ हजार ६४ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ३८ हजार ५७३ जनाको मृत्यु भएको छ।
युरोपमा २१ लाख २५ हजार २३० जना कोरोना भाइरस संक्रमित रहेका छन् भने १ लाख ८० हजार २०८ को मृत्यु भएको छ। एसियामा १४ लाख ३२ हजार ३२७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, ३६ हजार ४१५ जनाको मृत्यु भएको छ।
अफ्रिकामा २ लाख ५ हजार ८८९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने ५ हजार ५६८ जनाको मृत्यु भएको छ । ओसियानामा ८ हजार ८८५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२४ जनाको मृत्यु भएको छ।
Facebook Comment