चोटका कारण फेडरर २०२० को बाँकी सिजन खेल्न नसक्ने

काठमाडौं । स्विजरल्याण्डका स्टार टेनिस खेलाडी रोजर फेडररले दाँया घुँडामा शल्यक्रियाका कारण २०२० को बाँकी सत्र खेल्न नसक्ने बताएका छन। फेडररले बुधवार ट्वीट मार्फत आफु २०२१ को सुरुवातमा मात्र फर्कने जानकारी दिए ।
फेडररले एक बयानमा भने, “मेरो प्यारो प्रशंसकहरू, म आशा गर्छु कि तपाईंहरू सुरक्षित हुनुहुन्छ। केही हप्ता पहिले मेरो पुनर्वसन को शुरूवातमा एउटा सानो समस्या आयो। मेरो दाहिने घुँडाको लागि मैले शल्यक्रिया गर्नुपर्यो। २० पटकको ग्रान्ड स्लैम विजेताले भने, अब सबैकुरा २०१७ को जस्तै भइरहेको छ। म मेरो उत्कृष्ट स्तरको खेल खेल्नको लागि आवश्यक समय लिइरहेको छु। म मेरो प्रशंसकहरूलाई सम्झिरहने छु, तर २०२१ को सिजनको सुरूवातमा म तपाईंलाई भेट्न तयार छु।”
पूर्व विश्व नम्बर १ खेलाडीले अन्तिम खेल यस बर्ष अस्ट्रेलिया ओपनमा खेलेका थिए जहाँ सेमीफाइनलमा उनी सर्बियाका नोवाक जोकोविचसँग पराजित भए। १९९८ मा डेब्यू पछि पहिलो पटक फेडरर यति लामो समय सम्म कोर्टबाट टाढा हुनेछन्।
Facebook Comment