टोकियो ओलम्पिक २०२० लाई सामान्य रुपमा सम्पन्न गरिने आयोजकको भनाई

डिसी नेपाल
२९ जेठ २०७७ १०:१७

काठमाडौं । जापानको राजधानी शहरमा अर्को बर्ष आयोजना हुन लागेको टोकियो ओलम्पिक २०२० लाई सामान्य र सरलीकृत रुपमा सम्पन्न गरिने आयोजक कमिटीका प्रमुख कार्यकारीले बताएका छन् ।

यसैबर्ष जुलाई महिनामा हुने तय भएको ओलम्पिक प्रतियोगिता कोभिड–१९ को महामारिका कारण एक बर्ष पछि गर्नलागिएको हो । टोकियो २०२० का कार्यकारी प्रमुख तोसिरो मुटोले ओलम्पिक यसपटक भव्य नहुने बताएका छन ।

आयोजक जापानले कम खर्चमै प्रतियोगितालाई कसरी छरितो बनाउन सकिन्छ भन्ने बारेमा २०० भन्दा बढी विकल्पहरुमा छलफल गरिरहेको छ । जापानको खर्च कटौतीको प्रस्तावमाविश्व ओलम्पिक कमिटीले भने औपचारिक प्रतिक्रिया दिएको छैन् ।

तर कमिटिमा अध्यक्ष थोमस व्याचले भने खेल र खेलाडी ओलम्पिक कमिटीको पहिलो प्राथमिकता हुने बताएका छन । कमिटीको मुख्यालय स्विट्जरल्याण्डको जेनेभामा बसेको पदाधिकारी बैठकमा बोल्दै व्याचले खर्च कटौतीको नाममा कुनै पनि खेल झिक्ने संभावनालाई भने अस्विकार गर्दै सबै खेलका सबै प्रतियोगिताहरु हुने बताएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *