अचानक उदाएकी ‘एउटी खलपात्र’ सरिता गिरी
काठमाडौं। नेपालका राजनीतिक दलहरुले यत्तिको एकता देखाएको यो पहिलो अवसर थियो हिजो। भारतसँगको सीमा विवाद जारी रहँदा नेपालले आफ्नो भूमि समेटेर संशोधित नक्सा प्रकाशित गरेको कुरालाई संविधान संशोधन गरी सदर गर्ने सन्दर्भमा पेश भएको प्रस्तावमा समर्थन गरेर दलहरुले नेपालको एकता विश्वसामु देखाएका हुन्।
कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेले पेश गरेको संशोधन प्रस्तावलाई सबै दलहरुले समर्थन गरेका थिए हिजो संसदमा। तर, एकजना सांसद सरिता गिरीले त्यो प्रस्तावमा समर्थन गर्न सकिनन्। उनले संसदमा कानूनी अधिकारको प्रयोग गर्दै संशोधन प्रस्तावमाथि संशोधन दर्ता गराएकी छन् र नेपाल सरकारसंग नक्सामा समेटिएको भूमि नेपालकै हो भन्ने प्रमाण देखाउन चुनौती दिएकी छन्।
अर्थात् सो भूमि भारतको भए पनि नेपालले विना प्रमाण नेपालको नक्सामा राखेको भन्ने उनको प्रस्तावको अर्थ हो। नेपाली सांसद भएर भारतको पक्षमा खुलेआम बोल्ने कुरामा उनले गर्व गर्दै आएकी पनि छिन्।
कस्तो जनप्रतिनिधिलाई हामी नेपालीले चुनेर पठाएका छौं भन्ने कुराको मूल्यांकन गर्ने बेला पनि हो उनको आफ्नै देशविरुद्ध अभिव्यक्ति दिन सक्ने आँटलाई हेरेर। त्यसभन्दा पनि बढी उनी पूर्वमन्त्री पनि हुन्। देशको राष्ट्रिय सुरक्षाका महत्वपूर्ण विषयहरुमा व्रिफिङ लिइसकेकी नेपालकी मन्त्री।
कस्तो जनप्रतिनिधिलाई हामी नेपालीले चुनेर पठाएका छौं भन्ने कुराको मूल्यांकन गर्ने बेला पनि हो उनको आफ्नै देशविरुद्ध अभिव्यक्ति दिन सक्ने आँटलाई हेरेर। त्यसभन्दा पनि बढी उनी पूर्वमन्त्री पनि हुन्। देशको राष्ट्रिय सुरक्षाका महत्वपूर्ण विषयहरुमा व्रिफिङ लिइसकेकी नेपालकी मन्त्री।
उनलाई पछिल्लोपल्ट समानुपातिकबाट मन्त्री बनाएका हुन् तत्कालीन समाजवादी पार्टीका नेता उपेन्द्र यादवले। गिरीले देशविरुद्ध बोल्दा उनलाई सगर्व जनताको मतको दुरुपयोग गरेर निर्वाचित गर्ने यादवले पनि जिम्मेवारी लिनुपर्ने प्रश्न उठ्नु स्वाभाविक हो।
देशको प्रधानमन्त्री आफ्नो देशको सीमा मिचिएकोले त्यस्तो हुन नदिने भन्दै संसदमा प्रतिबद्धता जनाइरहेका छन्। उनी अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली नेपालविरुद्ध बोल्ने भारतीय नेताहरुलाई पनि संसदबाटै कडा जवाफ दिइरहेकै छन्। भलै उनको ओठे जवाफले दुईपक्षको कुटनीतिक कुराकानीमा कत्तिको असर पार्ला त्यो समयले देखाउला तर भारतले नेपालको सीमा मिचेर मनपरि गरेकोमा त कसैलाई शंका छैन।
नेपाली दलका नेताहरु वा प्रधानमन्त्रीकै दलका नेताहरु भारतका विभिन्न तह र तप्काका नेपालविरोधी भाषणबाजहरुलाई हैसियतअनुसारको जवाफ दिन चुकेकै कारण प्रधानमन्त्री ओली आफैं अघि सरेर जवाफ दिएका हुनसक्छन्।
तर, यहाँ उठाउन खोजिएको कुरा के हो भने सिंगो मुलुक राष्ट्रियताको मुद्दामा ‘नायक’ भएका बेला एकजना सांसद् सरिता गिरी खलपात्रका रुपमा किन देखा परेकी हुन्? देशविरुद्ध बोल्दा प्राप्त हुने कुनै पुरस्कार वा सम्मानको लोभमा छिन् उनी? वा आफ्नो देश र त्यहाँका मतदाता जनताको अपमान गर्दा कुनै राजनीतिक लाभको अपेक्षा छ उनलाई? समयक्रमा यसको उत्तर उनीबाट आउला नै। तर, उनलाई प्रयोग गरेर भारतले तत्कालको संकट टार्ने प्रयत्न गरेको छ यो चाहिं गम्भीर खतराको कुरा हो।
जे भए पनि उनी नेपालकी सांसद हुन्, उनको पछाडि उनलाई निर्वाचित गर्ने दल छ। संसदमा नेपाल सिंगै हिरो देखिंदा अवसर कुरेर यसमा भद्रगोल ल्याउन सकिन्छ कि भन्ने तत्वहरु नेपालका सबै दलहरुमा उत्तिकै सक्रिय छन्।
नेपाली कांग्रेसका सांसद अमरेश सिंहले सांसद गिरीले झैं संशोधन प्रस्ताव राख्ने हिम्मत नगरे पनि भारतले नेपालको सीमा नमिचेको बरु धेरै ठाउँमा नेपालले भारतको सीमा मिचेको निर्लज्जतापूर्वक नेपाली मिडियाहरुमा बताएकै छन्।
यस्तो अवस्थामा देशविरुद्ध बोलेको भन्दै स्वतस्फूर्त युवाहरुको जत्था उत्तेजनाबस सरिता गिरीको घरमा पुगेर कालो झण्डा गाड्ने र नारा लगाउने काम गरेको पनि देखिएको छ। र, यस्ता घटना बढ्ने खतरा पनि उत्तिकै छ। किनकि गिरीको अपमान गरेको, गराएको वा त्यसो गर्न उकासेको आरोपमा संसदमा हंगामा मच्चाएर मुलुकमा बनेको एकमना एकता भाँड्ने प्रयत्न जारी छ।
सरकार र सुरक्षा निकायहरु संवेदनशील भएनन् र गिरीको घरको सिसामात्रै पनि यही कारणले फुट्ने अवस्था आयो भने त्यही निहुंमा संसदमा उत्पात हुने र त्यसकै आधारमा नेपालमा भारतीय मूलका नेपालीमाथि खतरा भन्दै भारतको नेतृत्व तह नै चर्कोरुपमा उत्रने कुरालाई नजरअन्दाज गर्नु राष्ट्रिय सुरक्षाका दृष्टिले खतरनाक हो।
यो संसद अहिले भारतका लागि टाउको दुखाइको विषय हो। जुनसुकै हालतमा पनि संविधान संशोधन प्रस्ताव पारिति हुने र यसले भारतको हीत प्रतिकूल दीर्घकालसम्म नेपालसँग विवाद सृजना भइरहने हुंदा यो संसदबाट पास नगराउने भारतीय प्रयत्न छ।
प्रस्ताव नै नहोस् भनेर रोक्ने प्रयास असफल भएपछि अव पारित हुनबाट रोक्ने हो त्यो पनि दलहरुको एकताले सम्भव नहुने स्पष्ट भएपछि कुनै न कुनै निहुं झिकेर संसदमा भाँडभैलो ल्याउनु र सके संसद नै विघटनसम्मको स्थितिमा पुर्याउनु, नसके पनि तत्काललाई यो सेसनको अन्त्य संविधान संशोधन विना नै कुनै बखेडा झिकेर गराउने रणनीतिमा भारत र उसका नेपाली एसेटहरु लागेको अवस्था कसैबाट छिपेको छैन।
यो कार्यमा सांसद गिरी थप मोहोरा बन्न सक्छिन् त्यसमा पनि उनको सुरक्षामा तलमाथि पर्ने अवस्था आयो भने ‘भारतीय एसेट’ हरुका लागि कम्तिमा संसदको यो सेसन टुंग्याउने गरी भाँड्ने वातावरण बन्न सक्छ।
सत्तारुढ र प्रतिपक्षी दलकै पनि केही ठूला नेताहरु परिस्थिति कोल्टे फेरे भारतलाई गुण लगाउन सकिन्छ कि भनेर दाऊ हेरेर बसेको सार्वजानिक भएकै छ। त्यसैले गिरीको सुरक्षामा कमजोरी देखाउनु अनिष्ट ल्याउनु सरह हुनसक्छ । खलपात्रको पनि सुरक्षाको मजुवत व्यबस्था गरेर आमरुपमा मुलुकको सुरक्षामा योगदान दिने बेला हो भन्ने कुरालाई बुझ्नु तत्कालको आवश्यकता हो।
नेपालको संसदमा बिदेशी भाषा हिन्दि बोल्ने जोसुकै होस् सिधै बहिस्कार गरौँ! प्रचंडे र अग्नि खापकोटा जस्ता कु-नेताहरुले खाओबादी जनयुध्दमा सबभन्दा बढी जनजातिहरुलाई जातिय समानताको सपना देखाई परिचालन गरेर संबिधान सभामा सांसद अनि अहिलेको नयाँ संबिधान अनुरुपको प्रतिनिधि सभाको सांसद बन्न पायकोमा कृतज्ञ नबनी कृतघ्न बनी जनजातिहरुलाई लाई कुठाराघात गर्दै बिस्तारबादी इन्डियाको पक्ष्यपाति मधिसेहरुको मात्र पक्ष्य पोषण गरेर इंडियाका शाशकहरु प्रति मात्र कृतज्ञ बनी मधिसेहरुलाइ कारबाही नगरेर भोटको राजनीति गरि राखेका छन्!
तर यो सभामुख लाइ त मधिसे भोट नचाहिने भय पछि संबिधान, नियमको उल्लङ्घन गरेर असम्बैधानिक बिदेशी भाषा हिन्दि बोल्ने सांसदहरुलाइ कारबाही नगरी आगोमा घ्यु थप्ने कार्य गरेकोमा यसमा सभामुखको पनि लम्पसारबादी कदम भयकोले बिगतमा हत्या अभियोग लागेका सभामुख माथि पनि कारबाही हुनै पर्छ !