सार्वजनिक यातायात संचालन गर्ने यस्तो छ सरकारको तयारी, भाडा बढ्ने सम्भावना धेरै

डिसी नेपाल
२९ जेठ २०७७ १४:४५

काठमाडौं। सरकारले निजी सवारी साधन जोर बिजोर प्रणालीमा संचालन गर्न दिने र पसलहरु खोल्न दिने निर्णय गरेको छ । ८० दिन लामो लकडाउनपछि सरकारले लकडाउन खुकुलो पार्दै गर्दा सार्वजनिक यातायातका साधनहरु संचालन गर्ने तयारीबारे धेरैको चासो बढेको छ ।

सार्वजनिक यातायातलाई सञ्चालन गर्ने विषयमा पनि सरकारले व्यवसायीहरुसँग छलफल गर्ने तयारी गरेको छ । भौतिक दूरी कायम गरेर सार्वजनिक यातायात सुचारु गर्न सकिन्छ कि सकिँदैन भन्ने विषयमा छलफल केन्द्रित हुनेछ । त्यसपछि मात्रै यस विषयमा कुनै निर्णय हुनेछ ।

भौतिक दूरी कायम गर्ने र सुरक्षा सतर्कता अपनाएर सार्वजनिक यातायात संचालन गर्दा यात्रु कम हुने भएपछि यातायात व्यवसायीले भाडा बढी लिन खोज्ने समस्या हुने निश्चितजस्तै छ । यी सबैको व्यवस्थापनका लागि व्यवसायीसँग छलफल गरिनेछ । यद्यपि सार्वजनिक यातायात सुरक्षा सतर्कतासहित संचालन गरिए पनि भाडा बढ्ने सम्भावना भने उच्च छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *