सेन्चुरीले ३ प्रतिशत नगद लाभांस वितरण गर्ने

डिसी नेपाल
२९ जेठ २०७७ १८:४८

काठमाडौं । सेञ्चुरी कमर्सिय बैंकले ३ पतिगशत नगद लाभांस अन्तरिक लाभांसको रुपमा लगानीकर्ताहरुलाई वितरण गर्ने जनाएको छ ।

बैंकले विहिबार एक विज्ञप्ति जारी गरी गत आर्थिक बर्षको मुनाफाबाट बैंकको सन्चालक समितिले ४।७५ प्रतिशत नगद लाभांस दिने निर्णय गरेको थियो ।

तर कोभिड १९ का कारण साधारणसभा हुन नपाएकोले लगानीकर्ताहरुलाई केही राहत होस् भन्ने सोचका साथ स्वीकृत नगद लाभांसको ३ प्रतिशत लाभांस भने वितरण गर्न लागेको बैंकले जनाएको छ ।

बैंकले गत फागुन ३० गतेसम्म कायम रहेका सेयरधनीहरुलाई सो लाभांस वितरण गर्ने जनाएको छ । साथै, बाँकी रहेको नगद लाभांस र बोनश शेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने पनि बैंकले जनाएको छ ।

सेन्चुरी बैंकको चैत ५ गते बसेको सन्चालक समितिको बैठकले आफ्ना लगानीकर्ताहरुको लागि ६.७५ प्रतिशत लाभांस प्रस्ताव गरेको थियो । त्यसमध्ये ४.७५ प्रतिशत नगद र दुई प्रतिशत बोनस सेयर प्रताब गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *