ला लिगको पुनरागमन, पहिलो खेलमा सेभिल्लाको जित

डिसी नेपाल
३० जेठ २०७७ ९:३७

काठमाडौं । करीब तीन महिनाको अन्तरालपछि बिहिबार रातिबाट ला लिगाका खेल सुरु भएको छ । कोरोना महामारीले स्थगित हुन पुगेको ला लिगा सुरु भएपनि दर्शकको अनुपस्थितिमा नै सेभिल्ला र रियल बेटिसबीचको खेल स्पेनको सेभिल्ला डर्बीमा खेलाइएको हो ।

पुनरागमन खेलमा सेभिल्लाले रियल बेटिसमाथि २–० को एकतर्फी जित हात पार्यो । जितसँगै सेभिल्ला २८ खेलबाट ५० अङ्क बटुल्दै अङ्कतालिकाको तेस्रो स्थानमा उक्लेको छ । चौथो स्थानको रियल सोसिडाडको ४६ अङ्क छ । बार्सिलोनाले २७ खेलबाट ५८ अङ्क बटुलेर शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको रियल मडिड्र त्यत्तिकै खेलबाट ५६ अङ्कसहित दोस्रो स्थानमा छ ।

दश मार्चमा स्थगित हुन पुगे यता सुरु भएको ला लिगाको पहिलो खेलमा सेभिल्लाका लागि लुकास ओकाम्पसले सुरुवागती गोल गर्नुहुँदै प्रारम्भिक अग्रता दिलाउनुभयो। उहाँले ५६ औं मिनेटमा पाउनुभएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्नुहुँदै गोलमा परिणत गर्नुभयो । रेगेसले ६० औं मिनेटमा थप गोल गर्दा सेभिल्लाले गोल संख्या दोब्बर पार्यो ।

खेलाडी मैदानमा उत्रे लगत्तै कोरोना महामारीमा ज्यान गुमाएकालाई करीब एक मिनेट मौन धारण गरेर शोक प्रकट गरियो । दर्शक बिनाको रङ्गशालाको पर्दामा ‘सुरक्षित खेलकुद, सुरक्षित पर्यटन– स्पेन तपाईलाई स्वागत गर्छ’ देखाइएको थियो ।

ला लिगाको शिर्ष स्थानमा रहेको बार्सिलोनाले शनिबार आफ्नो पुनरागमन खेल खेल्नेछ । रियड मड्रिडको खेल आइतबारका लागि निर्धारण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *