प्रिमियर लिगले निर्देशिका परिमार्जन गरी खेल सुरु गर्ने

डिसी नेपाल
३० जेठ २०७७ ९:५०

काठमाडौं । आगामी सातादेखी प्रिमियर लिगको बाँकी रहेको खेलहरु पुनः सुरु हुँदैछ । प्रिमियर लिगले निर्देशिका परिमार्जन गरी खेल सुरु गर्न लागिएको जनाएको छ ।
कोरोना महामारीको जोखिमका बीच मार्च दोस्रो सातादेखि बन्द भएको प्रिमियर लिगको खेल तीन महिनापछि पुनः जुन १७ देखि सुरु हुँदैछ । प्रिमियर लिगको पहिलो खेलमा आष्टन भिल्ला र शेफिल्ड यूनाइटेडबीच स्पर्धा हुनेछ । जर्मनीमा सुरु भएको बुन्डेशलिगामा खेल मैदानमा उत्रिनुअघि र पछि खेलाडी तथा प्रशिक्षकले अनिवार्य मास्क लगाउनुपर्ने निर्देशिका बमोजिम खेल अगाडि बढाइएको छ । तर प्रिमियर लिग सुरु हुँदा खेलाडी र प्रशिक्षकले मास्क लगाउन नपर्ने प्रष्ट्याइएको छ । चौथा अधिकारी तथा चिकित्सकले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ ।

खेलमा ‘बल बोयज’ नरहने व्यवस्था गरिएको छ । खेल अवधिभरि खेलाडीलाई मैदानमा थुक्न र नाक झार्नबाट रोक्न प्रोत्साहन गरिने प्रिमियर लिगले जनाएको छ । खेल अवधिमा रङ्गशालाभित्र खेलाडी र खेल अधिकारीसहित अधिकत्तम तीन सय जना मात्रै रहनेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *