अमेरिकामा राष्ट्रिय गानको बेला घुँडा टेक्न फुटबल खेलाडीहरूमाथि प्रतिबन्ध

काठमाडौं । अमेरिकी पुलिस हिरासतमा अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्युपछि खेल जगत रंगभेदको बिरूद्ध एकजुट भएको देखिन्छ। अमेरिकाका धेरै फुटबल खेलाडीहरूले राष्ट्रिय गानको बखत घुँडा टेक्दै विरोध गरेका छन। राष्ट्रपति डोनाल्ड ट्रम्पले यसलाई गलत भनेका छन, उनले भने यो राष्ट्रिय झण्डाको अपमान हो। अहिले आएर अमेरिकी फुटबल महासंघ घुँडा टेक्दै विरोध गर्ने कार्यमा प्रतिबन्धित लगाएको छ ।
युएस सोकरले भने संघले रंगभेदको बिरूद्ध आन्दोलनलाई समर्थन गर्दछ। तर कुनै पनि हिसाबले हामीले राष्ट्रिय गानमा घुँडा टेक्न सक्दैनौं। यदि कुनै खेलाडीले त्यसो गरेको पाईएमा ऊ दण्डित हुनेछ। यस किसिमको प्रदर्शनको सुरुवात पहिलो पटक २०१६ मा कोलिन कापर्निकले सुरू गरेका थिए ।
अमेरिकी नेशनल फुटबल लीग (एनएफएल) का आयुक्त रोजर गोडेलले भने, खेलाडीहरुलाई बिरोध गर्न दिनु पर्छ। हामी शान्तिपूर्वक प्रदर्शन गरिरहेका खेलाडीहरू कुरा नसुनेर राम्रो गरिरहेका छैनौं। कालो मानिसहरुको जीवन पनि महत्वपूर्ण छ।
Facebook Comment