ब्राजिलका दुई ठूला क्लबहरूबिच भिडन्त, घाइतेहरुलाई हेलिकप्टरबाट अस्पताल लगियो

काठमाडौं । ब्राजिलमा फुटबल सबैभन्दा रुचाइएको खेल हो। पाँच पटकको विश्व चैम्पियन यो देशमा फुटबलको लागि झगडा हुदा त्यसले अक्सर हिंसाको रूप लिएको पाईएको छ। ब्राजिलमा हरेक वर्ष, धेरै मानिसहरू फुटबल हिंसाको कारण मारिन्छन्। सन २०१४ मा फिफाले ब्राजिलमा फिफा वर्ल्ड कप आयोजना गर्नु भन्दा एक बर्ष अघि २०१३ मा फुटबल हिंसामा १३ जनाले ज्यान गुमाएका थिए। सबैभन्दा हिंसात्मक २०१३ को त्यो घटना ब्राजिलको दुई घरेलु क्लब एटलेटिको र वासो दि गामा बीचमा भएको खेलमा भएको थियो। खेलको क्रममा एक फ्यानको अवस्था यति नाजुक भयो कि उनलाई हेलिकप्टरबाट एयरलिफ्ट गर्नुपर्यो।
ब्राजिलको २०१३ घरेलु सत्रको अन्तिम खेल एट्लिटिको र वास्को दा गामाको बीचमा खेलिएको थियो। त्यो खेल पहिलो श्रेणीको ब्राजिल च्याम्पियनशिपको फाइनल रहेको थियो। खेलको क्रममा दुबै टोलीका फ्यानहरु स्टेडियममा उपस्थित थिए तर त्यहाँ पुलिसको उपस्थित थिएन। खेलको करिब १७ औं मिनेटमा दुई टोलीका फ्यानहरू बीच झगडा सुरु भयो। फ्यानहरुको एक आपसमा हानाहान नै पर्यो, उनीहरुले हातमा आएको जुनसुकै कुरा उठाएर र एक अर्कामा फ्याँकन थाले। तुरुन्तै पुलिस घटनास्थलमा आइपुग्यो, पुसिलले फ्यानहरूलाई नियन्त्रणमा ल्याउन प्यालेट गन प्रयोग गर्नुपर्यो। तर हजारौं फ्यानहरू रोक्न केवल ८० प्रहरीहरू सफल हुन सकेनन्।
साथै खेलाडीहरूले पनि मैदानबाटै फ्यानहरूलाई शान्त पार्ने प्रयास गरे, तर कुनै फाइदा भएन। यस हिंसामा, एक फ्यान गम्भिर घाईते हुन पुगे र उनलाई एयरलिफ्टबाट मैदान बाहिर निकाल्नु पर्यो। केही समय पछि पुलिस र मेडिकल स्टाफ स्टेडियममा आइपुगे र अवस्था सामान्य भयो ।
ब्राजिलमा फुटबल हिंसाको इतिहास धेरै पुरानो छ। फूटबलको हिंसाका कारण प्रशंसकहरूले आफ्नो जीवन गुमाएका छन्। द गार्जियनको एक रिपोर्टका अनुसार सन १९९९ देखी २००८ को बीचमा करिब ४२ ब्यक्ति फुटबल हिंसामा मारिए तर पछि यो संख्या बढ्यो र २००८ देखी २०१२ को बीचको खेल हिंसामा प्रत्येक वर्ष २९ व्यक्तिको मृत्यु भयो। यद्यपि, धेरै जसो मृत्यु स्टेडियम बाहिर भएको थियो। ब्राजिलको स्टेडियम भित्र सुरक्षा भर्खरका केही वर्षहरु मा सुधार भएको छ।
Facebook Comment