ईङल्यान्ड भ्रमणको लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा

डिसी नेपाल
३० जेठ २०७७ १४:५३

काठमाडौं । पाकिस्तान क्रिकेट टोलीले ईङल्यान्ड भ्रमणको लागि तयारी सुरु गरेको छ । पाकिस्तान क्रिकेट बोर्डले ईङल्यान्ड भ्रमणका लागि यू–१९ टोलीका ब्याटसम्यान हैदर अली संगै २९ सदस्य टोलीको घोषणा गरेपछि खेलाडीहरुले अभ्यासको लागि तयारी सुरु गरेको हो ।

पाकिस्तान क्रिकेट टिमले अगस्ट–सेप्टेम्बरमा ईङल्यान्ड भ्रमणको क्रममा ३ टेस्ट र ३ टि–२० अन्तराष्ट्रिय खेल खेल्ने कार्यक्रम रहेको छ । भ्रमणमा टेस्ट टोलिको कप्तानको जिम्मा अजहर अली लाई दिईएको छ भने टि–२० नेतृत्व बाबर आजमले गर्नेछन । २९ सदस्य टोलीमा हैदर संगै असद शफीक, फवाद आलम, हैदर अली, इफ्तिखार अहमद, खुशदिल शाह, मोहम्मद हफीज, शोएब मलिक, मोहम्मद रिजवान (विकेटकिपर), सरफराज अहमद (विकेटकिपर), फहीम अशरफ, हैरिस राउफ, इमरान खान, मोहम्मद अब्बास, मोहम्मद हसनैन, नसीम शाह, शाहीन शाह अफरीदी, सोहैल खान, उस्मान शिनवरी, वहाब रियाज, इमाद वसीम, काशिफ भट्टी, शादाब खान र यासिर शाह रहेका छन ।

पाकिस्तान यू–१९ टोलीका दोस्रो सफल ब्याटस्म्यान हैदर अली २०१९–२० को सिजनमा उत्कष्ट प्रदर्शन गर्दै उत्कृष्ट उदयीमान खेलाडीको रुपमा टिममा अनुबन्धन भएका थिए । गतबर्ष उनले साउथ अफ्रिका बिरुद्ध ३१७ रन र एसीसी ईर्मजिङ टिम्स कपमा २१८ रनको पारी खेलेका थिए । यू–१९ विश्वकपमा १०७ रन बनाएका हैदरले कैद–ए–आजम ट्रफीमा ६४५ रन बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *