सिद्धबाबाः बुटवलबाट तानसेन हिँडेको भ्यान तिनाउमा

डिसी नेपाल
३० जेठ २०७७ १६:२०

काठमाडौं। बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भ्यान तिनाउ नदीमा खसेको छ । लु १ ज ४०९३ नम्बरको भ्यान सिद्धबाबामा तिनाउमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनास्थलबाट एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । उनलाई प्रादेशिक अस्पताल बुटवलमा पठाइएको छ । घाइते गम्भीर छन् र अचेत छन् । उनी होसमा नआउँदासम्म भ्यानमा अन्य कोही भए नभएको र अन्य विवरण प्राप्त गर्न नसकिएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *