कर्णाली प्रदेशको १८ प्रतिशत खेतीयोग्य जमीन उपयोगमा ल्याइने

डिसी नेपाल
३० जेठ २०७७ २२:१९

सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले महामारी र भोकमरीबाट बच्ने तथा रोजगारी बढाउने विषय एकसाथ लिएर अघि बढ्ने बताएका छन् । कर्णाली प्रदेशसभाको छैटाँैं अधिवेशनको आज बसेको ११औंँ बैठकमा प्रदेशसभा सदस्यले उठाएका सार्वजनिक सरोकारका विषयको जवाफ दिँदै मन्त्री केसीले रोजगारीका लागि उत्पादनका कामलाई अघि बढाउन र कर्णाली प्रदेशमा बाँझो रहेको १८ प्रतिशत खेतीयोग्य जमीन उपयोगमा ल्याउन प्रदेश सरकार अघि बढेको बताए।

बैठकमा प्रदेशसभा सदस्य ठम्मर विष्टले प्रदेशसभाका सभामुखसँग जोडिएर विभिन्न अनलाइनमा आएका समाचारले गरिमामय संसद्लाई सोच्न बाध्य बनाएको बताए। प्रदेशसभा सदस्य अमरबहादुर थापा, हिमबहादुर शाही, धर्मराज रेग्मी र सोशिला शाहीले कोरोनाको महामारीले समस्यामा परेका नागरिकको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *