गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुग्यो

डिसी नेपाल
३१ जेठ २०७७ ६:३४

काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ । शनिबार बिहान पर्वतका ४ तथा नवलपरासी (सुस्ता पूर्व) मा १ गरी ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १९७ पुगेको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पर्वतको कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया किशोरीमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सोही पालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।

यस्तै, पर्बत जिल्लाकै जलजला गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका १७ वर्षीय पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका १६ वर्षीय किशोरमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार, नयाँ संक्रमितहरुलाई जिल्ला स्थित क्वारेन्टिन कक्षमा लैजाने तयारी भैरहेको छ ।

साथै गण्डकीको नवलपरासी (बर्दघाट सुस्ता पूर्व), मध्यबिन्दु नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहनुभएका बर्ष ४५ का १ जना पुरुषमा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनको नवलपरासीको रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *