कोरोना रोकथाममा ८ अर्व ३९ करोड बढी खर्च भएको विवरण सार्बजनिक (सूचिसहित)

डिसी नेपाल
३१ जेठ २०७७ १२:१४

काठमाडौँ । सरकारले कोरोना नियन्त्रणमा करिब ८ अर्व ३९ करोड खर्च भएको विवरण सार्बजनिक गरेको छ। केही दिनअघि संसद्मा १० अर्व खर्च भएको भन्ने अभिव्यक्ति आएसँगै देशैभर प्रर्दशन शुरु भएसँगै सरकारले खर्चको विवरण सार्बजनिक गरेको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारले कोरोना नियन्त्रणमा गरेको खर्च सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन्।थापाले सामाजिक सञ्जालमा, कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको खर्च विवरण सीसीएमसी निर्देशन समितिको निर्णय अनुसार सार्वजनिक गरिएको बताएका छन्।

कोरोना नियन्त्रणमा मन्त्रालयगत खर्च

संघीय संचित कोषबाट स्रोत व्यवस्थापन गरिएको रकममध्ये सबैभन्दा बढी रक्षा मन्त्रालयको १ अर्व ५८ करोड ५२ लाख ८३ हजार खर्च भएको छ। स्वास्थ्य मन्त्रालयको १ अर्व ५८ करोड ५२ लाख ८३ हजार, गृह मन्त्रालयको २ करोड ४५ लाख ८८ हजार, संस्कृति तथा नागरिक उड्यन मन्त्रालय ५ करोड २० लाख, शहरी विकास मन्त्रालय १ करोड ४२ लाख, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय २ करोड ६९ लाख ७८ हजार रहेको छ।

मन्त्रालयगत खर्च कुन शीर्षकमा कति खर्च ?

कोरोना नियन्त्रण तथा रोकथाममा ५ अर्व ६२ करोड ९२ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ । जसमध्ये सबैभन्दा बढी ओषधी स्वास्थ्य सामाग्रीमा ३ अर्व ९० करो ८८ लाख खर्च गरेको हो । त्यस्तैगरी स्वास्थ्य पूर्वाधारमा १ अर्व १२ करोड ५० लाख, जनशक्ति परिचानमा ५ करोड ८३ लाख ३३ हजार, क्वारेन्टिनमा १३ करोड ५५ लाख ३३ हजार र अन्यमा ४० करोड १५ लाख ९ हजार रहेको छ ।

प्रदेशको खर्च १ अर्व ३० करोड

प्रदेश सरकार तर्फ सबैभन्दा बढी सूदुर पश्चिम सरकाले खर्च गरेको छ । सूदुर पश्चिम सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि २६ करोेड, ४८ लाख ७० हजार खर्च गरको छ ।

यस्तै, प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ को १३ करोड ६९ लाख ४६ हजार, बागमती प्रदेशको १३ करोड ६७ लाख, गण्डकी सरकारको १५ करोड ४२ लाख १० हजार र कर्णाली प्रदेशले २३ करोड, ९२ लाख ८३ हजार खर्च गरेका छन् ।

सार्बजनिक तालिका अनुसार, हालसम्म स्थानीय तहले २ अर्व ९८ करो ५१ लख ९४ हजार खर्च गरको छन् भने कोरोना कोषमा ४ अर्व ८३ करोड २७ लाख १५ हजार रुपैयाँ रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *