सरकार विरुद्धको प्रदर्शनबाट पाँच जना विदेशी नागरिक पक्राउ

डिसी नेपाल
३१ जेठ २०७७ १२:३१

काठमाडौं । सरकार विरुद्ध भैरहेको प्रर्दशनमा विदेशी नागरिकहरुको घुसपैठ भएको छ । शनिबार माइतीघर मण्डलमा सरकारविरुद्ध भइरहेको प्रदर्शनका क्रममा पाँचजना विदेशी नागरिक पक्राउ परेपछि आन्दोलनमा विदेशी नागरिकको घुसपैठको रहस्य खुलेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख श्याम ज्ञावालीले प्लेकार्ड बोकेरै प्रदर्शनमा उत्रिएका उनीहरुलाई माइतीघरमण्डलबाट नियन्त्रणमा लिइएको बताए । पक्राउ पर्नेमा क्यानेडियन, चिनियाँ, अस्ट्रेलियन, अमेरिकन र फ्रेन्च नागरिक रहेका छन्। ती विदेशी नागरिकहरुसँगै अन्य केही नेपालीलाई पनि प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ।

नेपालको कानुनले विदेशी नागरिकलाई कुनै पनि राजनीतिक सभा, सम्मेलन र प्रदर्शनमा भाग लिन निषेध गरेको छ। उनीहरुलाई नेपालको कानुन उल्लंघन गरेको आरोपमा पक्राउ गरेको जनाउदै अभद्र व्यवहार अन्र्तगको मुद्धा लगाइने प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *