भारतसँग दुष्मनी चाहेका हाेइनाैं, तर उसकै कारणले संविधान संशाेधन गर्न बाध्य भयाैं : प्रचण्ड

डिसी नेपाल
३१ जेठ २०७७ १४:०७

काठमाडौं। नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतले विवादित मानेका भूमिलाई समेत भारतले आफ्नो नक्सा सार्वजनिक गर्नु अनुचित भएको बताएका छन्।

शनिबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रचण्डले २०६२/६३ को परिवर्तन पछि भएका सबै प्रधानमन्त्रीले अतिक्रिमित नेपाली भूमिका विषयमा भारतसँग गम्भीतारपूर्वक कुरा उठाउँदै आएको बताए।

उनले पछिल्लो समयमा भारतले पनि कालापानी र सुस्ता विवादित रहेको स्वीकार गरेको भन्दै त्यो विवादित भूमिलाई भारतले आफ्नो नक्सामा समावेश गरेपछि नेपालसामू नक्सा सार्वजनिक गर्नुको विकल्प नभएको बताए। प्

रचण्डले सीमा विवाद लगायतका विषयमा नेपाल सरकारले भारतसँग बारम्बार वार्ताको पहल गर्दा भारतले बेवास्ता गरेको र अझ लकडाउनको अवस्थामा नेपाली भूमि भित्रैबाट चीनको सीमासम्म पुग्ने बाटो उद्घाटन गरेपछि नेपालीलाई एकजुट हुन बल मिलेको बताए।

वार्ता र संवादमार्फत नै समस्याको समाधान होस भन्ने चाहे पनि भारतले त्यो नचाहेका कारण संविधान संशोधनमार्फत भारतले अतिक्रमित गरेको नेपाली भूमि फिर्ता ल्याउने अवस्थामा पुगेको बताए

आफूहरु अहिलेको अवस्था आउनु भन्दा पहिला नै वार्ता र संवादमार्फत समस्या समाधान गर्न चाहेपनि भारत तयार नहुँदा अहिलेको अवस्था आएको टिप्पणी गरे। यद्यपी उनले भारतसँग नेपालले मित्रता चाहेको उल्लेख गर्दै वार्ता र संवादमार्फत नै समस्या समाधान गर्न नेपालले चाहेको बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *