पाकिस्तानका पूर्व कप्तान शाहिद आफ्रिदी कोरोना संक्रमित !

काठमाडौं। पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाहिद आफ्रिदी कोरोना संक्रमित भएका छन् । उनले शनिबार एक ट्वीट गर्दै आफू कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् । आफ्रिदीले आफूले बिहीबारदेखि अस्वस्थ महसुस गरिरहेको बताएका छन् । उनले आफू छिटो निको हुनका लागि शुभेच्छुकहरुको शुभकामनाको पनि अपेक्षा गरेका छन् ।
I’ve been feeling unwell since Thursday; my body had been aching badly. I’ve been tested and unfortunately I’m covid positive. Need prayers for a speedy recovery, InshaAllah #COVID19 #pandemic #hopenotout #staysafe #stayhome
— Shahid Afridi (@SAfridiOfficial) June 13, 2020
आफ्रिदीले १९९६ मा पाकिस्तानको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । ठूला छक्काहरु हानेर खेल्ने र आक्रामक ब्याटिङका कारण ‘बुम बुम आफ्रिदी’को नामले प्रख्यात उनले पाकिस्तानको लागि २७ टेस्ट, ३९८ एकदिवसीय र ९९ टि–२० अन्तर्राष्ट्रिय खेलेका छन् । ओपनिङ ब्याट्सम्यानको रुपमा करिअर सुरु गरेका आफ्रिदी पछि अलराउण्डरको रुपमा खेल्न थालेका थिए ।
Facebook Comment