कपिलवस्तुमा दुई शव फेला

डिसी नेपाल
३१ जेठ २०७७ १९:२९

चन्द्रौटा । कपिलवस्तुमा छुट्टाछुटै स्थानमा आज दुई शव फेला परेका छन् । जिल्लाको वाणगङ्गा नगरपालिका वडा नं ८ गण्डौलीका ३७ वर्षीय भूमिराज भुसालको आज शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । अत्यधिक मदिरा सेवन र छारे रोगका कारण उनको ज्यान गएकोे जनाइएको छ ।

त्यस्तै बुद्धभूमि नगरपालिका–९ बरकुलपुर जंगलमा एक महिलाको शव फेला परेको छ । एक हप्ताअघि हराएकी ५५ वर्षीया पवित्रा थापाको शव रहेका स्थानमा विषादी पनि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । श्रीमान् १८ वर्षदेखि बेपत्ता भएपछि उनी मानसिक रोगकी शिकार भएकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *