संक्रमण बढेसँगै चिलीका स्वास्थ्य मन्त्रीद्वारा राजीनामा, ४ लाख २९ हजार भन्दा बढीको मृत्यु

डिसी नेपाल
३२ जेठ २०७७ ७:२२

वाशिंगटन। विश्वभर कोरोना भाइरसका कारण हालसम्म ४ लाख २९ हजार ९ सय ६५ जनाको मृत्यु भएको छ। कोरोना संक्रमितको संख्या ७८ लाख १ हजार ७८६ पुगेको छ भने हालसम्म ४० लाख २ हजार ९४७ जना उपचारपछि निको भएका छन्। पाकिस्तानमा शाहिद खकान अब्बासीपछि पूर्व प्रधानमन्त्री यूसुफ रजा गिलानी कोरोना संक्रमित भएका छन्।

उता चिलीका स्वास्थ्य मन्त्रीले मुलुकमा कोरोना भाइरस संक्रमण फैलिएको भन्दै राजीनामा दिएका छन्। राष्ट्रपति सेबैस्टियन पिनेराले स्वास्थ्य मन्त्रीको राजीनामाका विषयमा जानकारी दिएका छन्। चिलीमा अहिलेसम्म संक्रमितको संख्या एक लाख ६७ हजार ३५५ पुगेको छ। यहाँ ३ हजार एक सय एक जनाको मृत्यु भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई समाप्त पार्दै जीत हासिल गर्ने बताएका छन्। ट्रम्प सैन्य एकेडेमीका ११०७ स्नातकहरूलाई सम्बोधन गर्दै थिए। ट्रम्पले भाइरससँग लड्ने सेनाका सबै शाखालाई धन्यवाद दिए। उनले भाइरसलाई अदृश्य शत्रुको रूपमा वर्णन गरे।

अमेरिकामा एलर्जी र संक्रामक रोगको राष्ट्रिय संस्थानका निर्देशक डा. एन्थोनी फौसीले अमेरिकामा संक्रमणको दोस्रो लहर नआउने बताए। उनले संक्रमणको घटना बढ्दै गएपछि कसै कसैले यसलाई संक्रमणको दोस्रो लहर बताएको उल्लेख गर्दै त्यो सही नभएको बताए।

उता पाकिस्तानमा ९ जुनमा पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासीमा कोरोना पोजेटिभ देखिएको थियो। शनिबार १३ जुनमा पूर्व प्रधानमन्त्री युसुफ रजा गिलानीको परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ।

चार दिनको अन्तरमा पाकिस्तानका दुई पूर्व प्रधानमन्त्रीहरुमा कोरोना पोजेटिभ देखिएको छ। गिलानीका छोराले आफ्ना बुबा राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) को कारण संक्रमित भएको आरोप लगाएका छन्। एनएबीले गिलानी र अब्बासीको बिरूद्ध भ्रष्टाचार अभियोगहरु अनुसन्धान गरिरहेका छन्।

चीनको राजधानी बेइजिङका केही भागमा लकडाउन गरिएको छ। स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार केही बेइजिङका केही शहरमा कोरोना भाइरसका संक्रमण देखिएपछि लकडाउन गरिएको हो।

शुक्रबार बेइजिङमा संक्रमित फेला गरेका थिए। चीनको आधिकारिक सरकारी पत्रिका ग्लोबल टाइम्सका अनुसार बेइजिङमा ११ जुन पछि पहिलो ५५ दिनसम्म कुनै संक्रमित फेला परेका थिएनन्। तर अहिले ४६ संक्रमित फेला परेका छन्।

उता रसियामा पछिल्लो २४ घण्टामा ८७०० कोरोना भाइरसे संक्रमित फेला गरेका छन्। ती मध्ये ११ जनाको मृत्यु भएको छ। रसियामा हालसम्म पाँच लाख २० हजार १२९ जना संक्रमित पुगेका छन्।

ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४१ हजार ९ सय ५२ पुगेको छ। योसँगै ब्राजिल कोरोना भाइरसबाट धेरै मृत्यु हुनेमा बेलायतभन्दा अघि छ।

यसैबीच डब्ल्यूएचओले स्तनपानबाट संक्रमण हुने कुनै जोखिम नभएको बताएको छ। डब्ल्यूएचओ प्रमुख डा. टेड्रस गेब्रियसले शुक्रबार भने, ‘कोभिड १९ संक्रमित भए पनि बच्चालाई दूध खुवाउनु पर्छ। जबसम्म आमा धेरै बिरामी हुँदैन, बच्चालाई यसबाट अलग गर्नु हुँदैन।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *