आयको तुलनामा व्यय दोब्बर बढी, कसरी धान्नु खर्च ? : अर्थमन्त्री

डिसी नेपाल
३२ जेठ २०७७ १४:३६

काठमाडौँ। अर्थमन्त्री डा.युवराज खतिवडाले राजस्वले अनिवार्य दायित्व पनि धान्न नसक्ने बताएका छन्। आइतबार प्रतिनिधिसभामा आर्थिक विधेयकको दफाबार छलफलमा उठेका प्रश्नहरुको उत्तर दिने क्रममा उनले मासिक आयको रुपमा भन्सार राजस्वबाट १५ अर्ब आउने र केही अर्ब आन्तरिक राजस्व अन्तर्गत आउने तर खर्च भने मासिक ४० अर्ब हुने भएको खर्च धान्न समस्या परेको बताएका हुन्।

उनले भने,‘ दैनिक उठेको राजस्वले दैनिक खर्च धान्न सकिँदैन, मैले जेठ महिनाको मासिक हिसाव गर्दा ४० अर्ब अनिवार्य दायित्वका खर्चहरु हुदा रहेछन् तर मासिक रुपमा राजस्व भने करिव १५ अर्बको हाराहारीमा भन्सार राजस्व र केही अर्व आन्तरिक राजस्व उठ्छ त्यसले अनिवार्य दायित्वको खर्च धान्न कठिन भयो।’

उनले खर्च धान्नका लागि नै विभिन्न कोषहरुमा रहेको रकम कानुनी दायरामा नै रहेर राजस्वमा दाखिला गरी खर्च धानीरहेको मन्त्री खतिवडाले बताए। “केही कोषहरुको रकम राजस्वमा मिलान गरिएको छ, केही सरकारी संस्थानहरुको रोयल्टीको रकम, केही कोषहरुको रकम सोही यदी सो संरकारी निकायले खर्च गर्न सकेमा सो रकम बराबरको निकासा दिने शर्तमा चलाइएको हो।”

उनले भने। त्यस्तै उनले राजस्वबाट उठेको रकमहरु मुद्धती निक्षेपमा रहने र सरकारले भने आन्तरिक ऋण उठाएर अनिवार्य दायित्वको भुक्तान गर्नुपर्ने अवस आएकोले पनि ति मुद्धति रकमहरु पनि राजस्वमा दाखिला गराएर कानुन सम्मत रुपमा खर्च गर्न थालिएको स्पष्ट पारे।

त्यस्तैगरी उनले नेपालमा आयात हुने विद्युतीय गाडी र इन्डक्सन चुलो नेपालमा नै उत्पादन गर्नका लागि प्रोत्साहन गर्ने सोचका साथ कर बढाएको बताए।
उनले भने विद्युतीय सामग्रीको आयात कम गर्न र नेपालमा नै उत्पादन गर्नका लागि केही कम्पनीहरुले लगानी बोर्डमा आवेदन दिइसकेकोले उनीहरुले उत्पादन गर्ने गाडीहरुको संरक्षको लागि पनि कर बढाइएको जिकिर गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *