सरोजले क्वारेन्टाइनमा बसेरै बिताए ३ महिना, घर जान त पाए तर अझै होम क्वारेन्टाइनमै !

डिसी नेपाल
१ असार २०७७ ८:५९

गोरखा। गोरखाको अजीरकोट गाउँपालिका–३ सिरानडाँडाका १९ वर्षीय सरोज तामाङ ८० दिन लामो म्वारेन्टाइनपछि अन्ततः घर पुगेका छन् । तर, उनी अझै पनि क्वारेन्टाइनमै बस्नुपर्नेछ । पछिल्लो पटक स्वाब परक्षिण रिपोर्ट नेगेटिभ आएपछि घर जान पाएका उनी अझै ७ दिन होम क्वारेन्टाइनमा बस्नु पर्नेछ । यो अवधि पनि सहिँदा उनको कूल क्वारेन्टाइन अवधि झण्डै तीन महिना पुग्नेछ ।

वनारसबाट घर फर्कने क्रममा सीमापारि ४२ दिन बताएका उनले बाँकी अवधि नेपालका विभिन्न क्वारेन्टाइन स्थलहरुमा बिताउनुपर्यो । १९ वर्षीय तामाङ पछिल्लो पटक अजीरकोट–३ भच्चेकको सभाहलमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेपछि घर जान पाएका हुन् । कोरोना महामारी फैलन थालेपछि उनी वनारसबाट घर फर्कन खोजेका थिए । उनलाई वानारस प्रशासनले स्थानीय जागरण पब्लिक स्कुलमा २० दिन र नवोदय स्कुलमा २२ दिन क्वारेण्टाइनमा राख्यो ।

‘४२ दिन त्यहाँको क्वारेन्टाइनमा बिताएपछि सुनौली नाकामा आइपुगेँ’, तामाङ भन्छन्, ‘सुनौली नाकामा दुई दिन, कपिलवस्तुको नमुना माविको क्वारेन्टाइनमा पाँच दिन, रुपन्देहीको क्वारेन्टाइनमा पाँच दिन बसेँ।’ गोरखा आइसकेपछि मनकामना बहिरा माविको क्वारेण्टाइनमा पाँचदिन बसेका तामाङ पछिल्लो पटक भच्चेकको क्वारेन्टाइनमा बसेपछि घर जान पाएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *