पाकिस्तानमा रहेका भारतीय कूटनीतिज्ञ असुरक्षित ! भारतले सुरक्षा माग्यो

डिसी नेपाल
१ असार २०७७ ९:५२

इस्लामाकाद। भारतले २ जना पाकिस्तानी कूटनीतिज्ञलाई जासुसीको आरोपमा देश निकाला गरेपछि दुई देशबीचको सम्बन्ध झनै बिग्रिएको छ । यससँगै इस्लामाबादमा रहेका भारतीय कूटनीतिज्ञ असुरक्षित भएको भन्दै भारतीय पक्षले पाकिस्तान सरकारसँग सुरक्षाको माग गरेको छ । पाकिस्तान सरकारले भारतीय कूटनीतिज्ञहरुमाथि निरन्तर निगरानी गरिरहेकोले त्यहाँ बसेर सामान्य रुपले काम गर्न नसकिएको भारतीय पक्षले जनाएको छ ।

टाइम्स अफ इण्डियाका अनुसार भारतले शुक्रबार पाकिस्तानी अधिकारहिरुलाई लिखित रुपमा यसको जानकारी गराएको छ । भारतले पाकिस्तानलाई उसले कूटनैतिक सम्बन्धमा १९६१ भिएना सम्मेलनको उल्लंघन गरेको बताएको छ । साथमा पाकिस्तानले १९९२ मा दुई देशबीच भएको कूटनीतिज्ञको सुरक्षा र सुविधा म्बन्धी द्विपक्षीय आचार संहिताको पनि उल्लंघन गरेको जनाएको छ ।

भारतले पाकिस्तान सरकारसँग त्यहाँ रहेका आफ्ना कूटनीतिज्ञ र अन्य उच्च अधिकारीको सुरक्षा सुनिश्चित गर्न र भिएना सम्मेलनले तय गरेअनुसार उनीहरुलाई नियमित रुपमा काम गर्ने वातावरण बनाइदिन माग गरेको छ । भारतले मे ३१ मा २ जना पाकिस्तानी कूटनीतिज्ञलाई जासूसीको आरोपमा देश छाडेर जान निर्देशन दिएको थियो । यसपछि पाकिस्तानमा रहेका भारतीय कूटनीतिज्ञ असुरक्षित भएको भारतले आरोप लगाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *