क्रिकेटमा मेरो पुनरागमनलाई अविस्मरणीय बनाउन चाहन्छुः सरफराज अहमद

काठमाडौं । पाकिस्तान क्रिकेट टिमका पूर्व कप्तान सरफराज अहमदले आफ्नो पुनरागमनलाई अविस्मरणीय बनाउन चाहेको बताएका छन । ईङल्यान्ड भ्रमणको तयारीको लागि छानिएको २९ सदस्य टोलीमा उनी परेपछि उनले यस्तो प्रतिक्रिया जनाएका हुन । पाकिस्तानले अगस्त ५ देखी सेप्टेम्बर १ सम्म ३ टेस्ट र ३ टि–२० अन्तराष्ट्रिय ईङल्यान्डमा खेल्ने तालिका रहेको छ ।
सरफराजले गतबर्ष अक्टुवरमा पाकिस्तानका लागि अन्तिम पटक खेलेका थिए । जियो सुपर टिभी संगको कुराकानीमा सरफराजले भने, “म अवसरको लागि एकदमै सकारात्मक छु र जब मौका पाउँछु म टोलीको लागि राम्रो गर्छु र टोलीमा आफ्नो स्थान बनाउने कोशिश गर्नेछु।”
उनले भने, “म टीमको लागि राम्रो प्रदर्शन गरेर एक अविस्मरणीय पुनरागमन गर्न चाहन्छु। उतार चढावहरू खेलको भाग हुन्। म कप्तान हुँदा मेरो ध्यान टिमले कसरी प्रदर्शन गर्ने भन्नेमा थियो, तर अब म आफ्नो प्रदर्शनमा केन्द्रित हुनेछु।”
इङल्यान्ड भ्रमण लामो भएकोले मोहम्मद रिजवानको ब्याकअप विकेटकीपरका रूपमा सरफराजलाई टीममा समावेश गरिएको टोलीका प्रमुख प्रशिक्षक मिस्बाह उल हकले बताएका छन ।
सरफराजले भने, “जहाँसम्म ब्याकअप विकेटकीपरको कुरा हो, यसको बारेमा म चिन्तित छैन। म यो सोच्दिन कि म पहिलो छनौट हुन्छ वा दोस्रो। म खुसी छु कि म टीममा फिर्ता आएको छु र दुई विकेटकीपरहरू हुनु टिमको लागि राम्रो छ। हामीले विगतमा पनि मोइन खान र रशीद लतीफ टोलीमा रहेको देखेका छौं ।”
Facebook Comment