आज कुवेत र बहराइन दिनारसहित केही देशको भाउ बढ्यो
काठमाडौँ । आज असार १ गते (१५ जुन, आइतबार) कुवेत र बहराइन दिनारको भाउ बढेको छ। अमेरिकी डलरसहित धेरै देशको भाउ स्थिर र ओरालो लागेको छ ।
आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ५ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ६५ पैसा पुगेको छ।
यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ २६पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ९३ पैसा रहेको छ।
त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५१ रुपैयाँ ८५ पैसा र बिक्रिदर १ सय ५२ रुपैयाँ ६१ पैसा रहेको छ।
साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २६ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४२ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २४ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४० रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९६ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १२ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ३५ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४९ पैसा रहेको छ।
कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ ८६ पैसा तथा बिक्रिदर ३९५ रुपैयाँ ८१ पैसा रहेको छ।
बहराईन दिनार एकको खरिददर ३२१ रुपैयाँ ५ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ ६४ पैसा रहेको छ।
यस्तो छ २० देशको तालिका
Facebook Comment