रियल मड्रिडको शानदार जित

डिसी नेपाल
१ असार २०७७ १०:३८

काठमाडौं । कोरोना भाईरसको महामारीले स्थगित भएपछि पुन सुचारु भएको स्पेनिस ला लिगाको पहिलो खेलमा रियल मड्रिडले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले इबरलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।

रियललाई जित दिलाउन अल्फ्रेडो डी स्टेफानो मैदानमा टोनी क्रुस, सर्जियो रामोस र मार्सेलोले एक एक गोल गरे । इबरका पेड्रो बिगासले एक गोल फर्काए ।

रियलका लागि खेलको चौंथो मिनेटमा क्रुसले गोलगर्दे अग्रता बनाएको थियो । त्यसपछि खेलको ३० औं मिनेटमा रामोसले गोल गरेपछि रियलको अग्रता दोब्बर बन्यो । खेलको ३७ औं मिनेटमा मार्सेलोले गोल गर्दा पहिलो हाफमा रियल ३–० ले अघि रह्यो ।

दोस्रो हाफमा इबरले एक गोल फर्काए पनि टोलीको हार जोगाउन सकेनन् । जितसँगै रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी समेत कम गर्दै उपाधि होड कायम राखेको छ ।

अंक तालिकामा बार्सिलोनाको ६१ अंक रहेको छ । बार्सिलोना भन्दा २ अंकले पछि रहेको रियलले २८ खेलबाट ५९ अंक जोडेको छ । पराजित इबर २७ अंक जोडेर लिगको १६ औं स्थानमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *