सुनौलीबाट उद्धार गरी ल्याइएका युवाले क्वारेन्टाइनमा लैजाँदै गर्दा भीरबाट हाम्फाले

डिसी नेपाल
१ असार २०७७ ११:३२

काठमाडौं। पर्वतमा एक युवाले क्वारेन्टाइनमा राख्न लैजाँदै गर्दा भीरबाट हाम्फालेका छन् । बाग्लुङ नगरपालिका १३ का ३९ बर्षिय चन्द्रबहादुर नेपालीले सोमबार बिहान बसमा राखेर क्वारेन्टाइनमा लैजाँदै गर्दा कुस्मा नगरपालिका ८ मा पर्ने चुवाको भीरबाट हामफालेर आत्महत्याको प्रयास गरेका हुन् ।

नेपालीलाई सुनौलीबाट उद्धार गरी बाग्लुङ लैजाने क्रममा उनले बाटोमा बस रोकेको बेला भीरबाट हाम्फालेका हुन् । नेपाली गम्भीर घाइते भएका छन् । घाइते नेपालीको पर्वत अस्पतालमा उपचार भैरहेको छ । स्थिति गम्भीर भएका कारण थप उपचारका लागि पोखरा पठाउने तयारी भइरहेको छ ।

लु २ ख ४२२० नम्बरको बसमा पर्वत, बाग्लुङ र म्याग्दीका नागरिकहरु भारतबाट फर्केपछि क्वारेन्टिनमा बस्न जाँदै गरेका थिए । पर्वतका नागरिकलाई डिमुवामा झारेपछि बस बागलुङ र म्याग्दीका नागरिक बोकेर जाँदै थियो । सडकको अबस्थाका कारण अगाडी जान नसक्ने भनेर बस चालकले गाडी रोकेका बेला नेपालीले मौका पाएर भीरबाट हाम्फालेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *