भारतसँग वार्ताको सहजीकरण गर्न आफू सक्षम र तयार भएको बाबुराम भट्टराईको भनाइ
गोरखा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँग जारी सीमा विवादका विषयमा वार्ताको लागि सहजीकरण गर्न आफूले सक्ने र सहजीकरण गर्न तयार पनि रहेको बताएका छन् । गृहजिल्ला गोरखामा पत्रकारहरुसँग कुरा गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस विषयमा भारतीय नेताहरुसँग छलफल पनि भइरहेको बताए ।
डा. भट्टराईले भारतका अहिलेका विदेशमन्त्री एस जयशंकर, अर्थमन्त्री निर्मला सितारमण लगायतका नेताहरु जवाहरलाल नेहरु युनिभर्सिटीमा पढ्दाका आफ्ना सहपाठी भएको बताउँदै उनीहरुसँग वार्ताको वातावरण मिलाउन आफू सक्षम रहेको बताएका हुन् । उनले यी नेताहरुसँग आफ्नो भावनात्मक सम्बन्ध पनि भएको बताए । भारतका नेताहरुले आफूसँग बेलाबेलामा सम्पर्क गरेर वार्ताको लागि वातावरण बनाउन भनेको पनि भट्टराईले बताए ।
प्रतिक्रिया
Facebook Comment