पिसिआर मेशिन खरीद गर्दै चौरजहारी

डिसी नेपाल
१ असार २०७७ १६:२२

रुकुमपश्चिम । रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाले कोभिड–१९ भएनभएको पत्ता लगाउने भरपर्दो पिसिआर मेशिन खरीद गर्ने भएको छ । जिल्लामै व्यक्तिको थ्रोट स्वावमार्फत कोरोना जाँच गर्ने गरी नगरपालिकाले आरटी पिसिआर मेशिन खरीद प्रक्रिया अगाडि बढाएको छ ।

नगरपालिकाले पिसिआर मेशिन सेटअप तथा रि–एजेन्ट खरीदसम्बन्धी सूचना प्रकाशन गरेको छ । तीन दिनभित्र आउने गरी प्रस्ताव आह्वान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले जानकारी दिए। उनका अनुसार एक साताभित्र सामान खरीद गर्ने गरी समय सीमा तोक्ने तयारी भइरहेको छ ।

रु एक करोड ३५ लाख बजेटमा सामग्री खरीद गर्ने र प्रयोगशाला स्थापना गर्ने योजना रहेको केसीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *