बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर : काँग्रेस

डिसी नेपाल
१ असार २०७७ २०:४२

काठमाडौं । नेपाली काँग्रेसले कैलालीको एक क्वारेन्टिनमा भएको बलात्कारको घटना अत्यन्तै निन्दनीय र गम्भीर भएको उल्लेख गर्दै घटनामा संलग्नलाई बिना कडा कारवाही गर्न माग गरेको छ । क्वारेन्टिन सुरक्षाका लागि कि सजायका लागि भन्ने प्रश्न उब्जिएको बताउँदै पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्तिमार्फत कैलालीको घटनामा दोषीलाई कानूनी कारवाही सँगसँगै क्वारेन्टिनको बेथिति झल्किएको उल्लेख गरे ।

मापदण्डविपरीतका अव्यवस्थित क्वारेन्टिन कोरोना सङ्क्रमण विस्तारको केन्द्र बन्दै गएकाले देशका विभिन्न क्वारेन्टिनबाट नागरिक भागेको बताए। बलात्कारमा घटनामा सामेललाई कानूनी कारवाहीसँगै यो घटनाको गम्भीर समीक्षा गरी राज्यको जिम्मेवार पदमा रहेर गैरजिम्मेवार बन्नेलाई कारवाही गर्न काँग्रेसले माग गरेको छ । क्वारेन्टिनका बेथितिसमेतविरुद्ध दबाब दिन काँग्रेसले भोलि असार २ गते स्वदेश र विदेशबाट एकसाथ प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *