गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । गण्डकी प्रदेशमा मंगलबार बिहान २३ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या २२३ पुगेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ ।
मंगलबार बिहान स्याङ्जामा ४, गोरखामा १०, नवलपरासीमा २ तथा बागलुङ र कास्कीमा एक एक जनामा संक्रमण पुष्टि भएको हो ।
निर्देशनालयका संक्रमित सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
प्रतिक्रिया
Facebook Comment