७० प्रतिशत जनसंख्या संक्रमित नहुँदासम्म कोरोनाभाइरस नहट्ने विशेषज्ञको दावी

डिसी नेपाल
२ असार २०७७ ९:०९

काठमाडौं। लामो समयसम्म कडा लकडाउनपछि विश्वका कैयौं देशहरुमा अहिले लकडाउन खुकुलो बनाइँदैछ । नेपालमा पनि सोमबारदेखि लकडाउन खुकुलो पारिएको छ । तर, संक्रामक रोगका प्रमुख विशेषज्ञहरुले भने भाइरस अहिल्यै नहट्ने बताएका छन् । वैज्ञानिकहरुले भाइरस अतित्वमा रहिरहने कारण कैयौं स्थानहरुमा फेरि लकडाउन गर्नुपर्ने स्थिति आउन सक्ने चेतावनी दिएका छन् ।

सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाले पनि लकडाउनमा छुट दिइएको छ । तर, कैयौं राज्यका नेताहरुले चेतावनी दिएका छन् कि फेरि लकडाउन गर्न सकिन्छ । अमेरिकाको मिन्नेसोटा युनिभर्सिटीको सेन्टर फर इन्फेक्सियस डिजिज रिसर्च एण्ड पोलिसीका निर्देशक माइकल टी ओस्टरहोमले भाइरस अहिल्यै नरोकिने बताएका छन् ।

अर्कोतर्फ हालै आफैं कोरोनाभाइरसबाट संक्रमित भएका भाइरोलोजिस्ट जोसेफ फेयरले चेतावनी दिएका छन् कि भाइरस अब यतिसम्म धेरै मात्रामा फैलिनेछ कि पुरानो स्थितिमा फर्किनको लागि भ्याक्सिनका अलावा अन्य कुनै विकल्प हुने छैन । न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टअनुसार संक्रामक रोगका विशेषज्ञ माइकल टी ओस्टरहोमले भने ‘भाइरस आराम गर्न गइरहेको छैन, जबसम्म यसले ६० देखि ७० प्रतिशत जनसंख्यालाई संक्रमित गर्दैन ।’

विशेषज्ञहरुले यसअघि पनि भ्याक्सिन नभएको स्थितिमा ६० देखि ७० प्रतिशत जनसंख्या संक्रमित हुन क्ने बताएका थिए । विशेषज्ञहरुका अनुसार ७० प्रतिशत जनसंख्या संक्रमित भएपछि समुदायमा हर्ड इम्युनिटीको स्थिति बन्नेछ र अगाडि भाइरसको चेन टुट्नेछ । अहिले अमेरिकामा २० लाख भन्दा धेरै संक्रमित भइसकेका छन् । तर, यो ंख्या अमेरिकाको जनसंख्याको १ प्रतिशत पनि होइन ।

संक्रामक रोगका विशेषज्ञ माइकल टी ओस्टरहोमले भने ‘तथ्यांकले देखाउँछन् कि अमेरिकाका ८ राज्यमा संक्रमण दर स्थिर छ जबकि २२ राज्यहरुमा संक्रमण दर बढिरहेको छ र अन्यमा संक्रमण दर घटिरहेको छ । कैयौं राज्यहरुमा अझै पनि अस्पताल भर्ना हुने बिरामीहरुको संख्यामा वृद्धि भइरहेको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *