सुशान्तको निधनप्रति धोनी किन चुप छन् ?

डिसी नेपाल
२ असार २०७७ १३:१०

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनको खबरले बलिउडसँगै खेल जगत पनि शोकमा छ । कैयौं सेलिब्रेटी, खेलाडीहरुले सुशान्तप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । तर, भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनी यस विषयमा चुपचाप छन् ।

धोनीले यस विषयमा कुनै पनि प्रतिक्रिया नदिएकोप्रति धेरैको चासो बढेको छ । चासो हुनुको कारण हो – धोनीको जीवनीमा आधारित फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’ मा महेन्द्र सिंह धोनीको भूमिका सुशान्तले नै निभाएका थिए ।

धोनीको यस विषयमा कुनै प्रतिक्रिया नआएका बेला यो खबरले धोनीलाई निकै ठूलो धक्का लागेको फिल्म ‘एमएस धोनीः द अनटोल्ड स्टोरी’का निर्देशक नीरज पांडेले बताएका छन् । ३० सेप्टेम्बर २०१६ मा रिलिज भएको यो फिल्म सुपरहिट भएको थियो ।

निरज पांडेले भने ‘म केही पनि बोल्न सक्ने अवस्थामा छैन । यत्ति भन्न सक्छु कि मैले नजिकको साथी गुमाएको छु । खबर सुनेपछि मैले माही भाइ (महेन्द्र सिंह धोनी) र दुई साथीहरु मिहिर दिवाकर र अरुण पांडेलाई फोन गरेको थिएँ । सबै दुःखी छन् । खबर सुनेर माही भाइलाई धक्का लागेको छ । उहाँ टुट्नुभएको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *