म्याच फिक्सिङको आरोप लागेका पूर्व कप्तान सागर थापासहित ६ जनाले पाए सर्वोच्चबाट सफाई

डिसी नेपाल
२ असार २०७७ १७:०३

काठमाडौं । म्याच फिक्सिङको आरोप लागेका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान सागर थापासहित ६ जनाले सर्वोच्चबाट सफाई पाएका छन्। सर्वोच्चले मंगलबार फैसला गर्दै तत्कालिन फुटबल टोलीका सबै खेलाडीलाई सफाइ दिएको हो । यसअघि विशेस अदालतले गरेको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको हो।

नेपाली फुटबल इतिहासमै पहिलो पटक म्याच फिक्सिङको आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान सागर थापा, विकाससिंह क्षेत्री, रितेश थापा, सन्दीप राई, प्रशिक्षक तथा पूर्व खेलाडी अन्जन केसी र फिजियोथेरापिस्ट डेजिव थापाले सफाइ पाएका हुन्।

२०७२ साल असोज २७ गते प्रहरीको अपराध महाशाखाले विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालिन कप्तान सागर थापासहित खेलाडीलाई पक्राउ गरेको थियो ।

उनीहरुलाई २०७५ जठ २४ गते विशेष अदालतले म्याच फिक्सिङ सम्बन्धी कानुन नभएको भन्दै सफाइ दिएको थियो । उनीहरुविरुद्ध राज्यविरुद्धको कसूरमा मुद्धा चलाइएको थियो ।

न्यायाधीश आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको इजलाशले उनीहरुलाई सफाइ दिएका हुन्। कसूरको प्रकृति म्याच फिक्सिङ्क रहेको र म्याच फिक्सिङ्कको कानुन पछि मात्रै आएको फौजदारी संहितामा रहेको अदालतको ठहर छ । यो कसूर अगाडीको नै भएकाले कानुनको अभावमा सफाई दिएको बिशेष अदालतको फैसला सदर भएको छ ।

फुटबलमा खेल मिलेमतोको आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ४ फुटबलरलाई यसअघि विशेष अदालतले २०७५ जेठ २४ गते उक्त अभियोगमा निर्दोष रहेको ठहर गर्दै सफाइ दिएको थियो। विशेषको उक्त फैसलाविरुद्ध सरकारी पक्षले २०७५ मंसिर २० गते पुनरावेदन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *