नेपाली कांग्रेसले भारतसँग वार्ताको पहल गर्नुपर्छ : डा. कोइराला (भिडियाे)

डिसी नेपाल
३ असार २०७७ ८:४७

काठमाडौं। भारतले हडेपेको नेपाली भूमि समेटेर नेपालले नयाँ नक्सा जारी गरेपछि भारतले अब नेपालसँग वार्ताको पहल नगर्ने बताइरहेका बेला नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाली कांग्रेसले भारतसँग कुटनीतिक वार्ताको पहल दिनुपर्ने बताएका छन्।

भारतले हडेपेको भूमि समेटेर नेपाल सरकारले नयाँ नक्सा जारी गर्दै संविधान संशोधन गरेर निशान छाप परिवर्तन गरेपछि भारतले नेपालसँग वार्ताको पहल नगर्ने जनाएको थियो।

अब वार्ताको पहल नेपाल सरकारले गर्नुपर्ने भारतले बताइरहेका बेला डा. कोइरालाले वार्तामार्फत नै समस्याको समाधान गर्नुपर्ने भन्दै त्यसको पहल कांग्रेसले गर्नु पर्ने बताए। भारतले सरकारसँग अलि आक्रोशित भएको अवस्थामा वार्तामार्फत समस्याको समाधानको पहल अब कांग्रेसले दिनुपर्ने उनको तर्क छ।

‘दुई देशबीच देखिएको समस्याको समाधान वार्तामार्फत नै गर्नुको विकल्प छैन,’ डा. कोइरालाले डिसी नेपालसँग भने, ‘सरकारी स्तरमा वार्ता गर्न संभव नभए अब कांग्रेसले कुटनीतिक वार्ताको पहल गर्नुपर्छ।’ उनले दुई देशबीचको विवादमा चीनलाई कसैले पनि तान्न हुने समेत बताए।

उनले भारतसँग वार्ता बाहेक नेपालसँग कुनै विकल्प नभएको उल्लेख गर्दै राजनीतिक र कुटनीतिक तहमा छलफल गर्नुपर्ने उनले बताए। भारतीय संचारमाध्यम हेर्दा भारत नेपालसँग रिसाएको जस्तो देखिएको उल्लेख गर्दै उनले त्यसैलाई आधार मानेर नेपाल र नेपालीले उत्तेजनामा आउन नहुने र वार्तामार्फत समस्याको समाधान गर्न पहल गर्नुृपर्ने बताए।

केही भारतीय वुद्धिजिवीले अब सचिव स्तरीय वार्ताको अर्थ नहुने टिप्पणी गरेको भन्दै उनले अब मन्त्री वा प्रधानमन्त्री स्तरीय वार्ता गर्नु पर्नेमा जाेड दिए। ‘अब यो वार्ताको पहल गर्ने काम नेपाली कांग्रेसले लिनुपर्छ,’ डा. कोइरालाले भने।‘

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *