भारतसँगको झडपपछि चीनको सक्रियता बढ्यो, विवादित क्षेत्रलाई लक्षित गर्दै सैन्य ड्रिल

डिसी नेपाल
३ असार २०७७ ९:५६

काठमाडौं। सोमबार भारत र चीनका सेनाबीच हिंसात्मक झडप भएकै बेला हिमालयन सीमा क्षेत्रमा चिनियाँ सेनाले सैन्य अभ्यास गरेको छ । चीनको जनमुक्ति सेनाको तिब्बत मिलिटरी कमाण्डले मंगलबार यसको जानकारी दिएको हो ।

चीनको सैन्य अभ्यासमा लामो दूरकिा आर्टिलरी सिस्टम, जमिनबाट आकाशमा मार हान्ने मिसाइल सिस्टम, विशेष अपरेटिभ फोर्स, हवाइ सेना, एन्टि केमिकल वारफेयर लगायतसहित नियानकिङ टाङगुला र न्येन्चेन टोङला माउन्टेनमा सैन्य अभ्यास गरिएको हो । सैन्य ड्रिलमा विवादित क्षेत्रहरुमा प्रहार गर्ने डमी अभ्यास गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *