स्पेनीस ला लिगामा बार्सिलोनाको सहज जित

काठमाडौं । स्पेनीस ला लिगामा बार्सिलोनाले लेगानेसविरुद्ध २–० को सहज जित निकालेको छ । घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा पाहुना टोली लेगानेसले केहि आक्रामक खेल प्रस्तुत गरेपनि कुनै गोल गर्न सकेन ।
खेलको ४१ औं मिनेटमा बार्सिलोनाका अन्सु फाटीको गोलबाट टिमले अग्रता बनाएको थियो । उनले जुनियर फिर्पोको पासको सदुपयोग गर्दे गोल गरेका थिए । पहिलो हाफमा एक गोलको अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप एक गोल गर्यो ।
खेलको ६४ औं मिनेटमा बार्सिलोनाका एन्टोइन ग्रिजमनले गोल गरेपनि भिडियो एसिस्टेन्टले त्यसलाई अफसाईड दिएका थिए । लगतै खेलको ६८ औं मिनेटमा मेस्सीले पेनाल्टी माफर्त गोलगर्दै टिमलाई २–० अग्रता दिलाए ।
यो जितसँग बार्सिलोनाले २९ खेलमा ६४ अंक बनाएको छ भने दोस्रो स्थानको रियालको २८ खेलमा ५९ अंक छ ।
Facebook Comment