नुवाकोटका क्वारेन्टाइनमा नै कोरोना संक्रमणको जोखिम
नुवाकोट । नुवाकोटको क्वारेन्टाइनमा नै कोरोना संक्रमणको जोखिम भएको जनगुनासो आएको छ। क्वारेन्टाइन मै बसेका युवाहरुले यस्तो जोखिम रहेको गुनासो गरेका हुन्।
नुवाकोटको तार्केश्वर गाउँपालिका–२ मा रहेको क्वारेन्टाइन व्यवस्थित नभएको जनगुनासो आएको हो । केहीदिन पहिला भारतबाट आएकाहरुलाई उक्त क्वारेन्टाइनमा राखेको छ।
आरडिटी पोजेटिभ देखिएका अन्य नागरिकले प्रयोग गरेको भौतिक संरचनाहरु सेनिटाइज नगरेरै आफुहरुलाई प्रयोग गराइएको उनीहरुको गुनासो रहेको छ ।
उनीहरुले भने, ‘हामीलाई जब ल्याइयो कुनै सतर्कता नअपनाइ क्वारेन्टाइनममा राखियो। हामी आएको दिन बिहान मात्रै यही क्वारेन्टाइनमा बस्नेलाई आरडिटी पोजेटिभ देखएको भन्ने छ। अलिकति सतर्कता त अपनाउन पर्यो नि।’
उनीहरुले भने, ‘हामी त्रासमा छौं। बाहिरको मान्छे आएर क्वारेन्टाइनको कोठाकोठामा पुगेर फर्किन्छन्। कसैलाई केही मतलव छैन।अलिकति ध्यान दिनुपर्ने देखिन्छ। यस्तै हेलचेत्र्mयाइ भयो भने आफू बाँच्नको लागि भएपनि हामी क्वारेन्टाइन छोडेर भाग्नु पर्छ होला।’
क्वारेन्टाइनको अवस्था निकै तल्लो स्तरको रहेको स्थानीयवासी स्वीकार गर्छन्। स्थानीइ हरि श्रेष्ठ भन्छ्न, ‘क्वारेन्टाइन मापदण्ड अनुसार छैन । सबैलाई एउटै बेडमा खाना खुवाउने, अर्को ट्वाइलेट पनि छैन। क्वारेन्टाइनमा बस्दै आएका उहाँहरुमा त्रास हुनु सामान्य हो तपाईं हामी भएको भए पनि त्यही भन्थ्यौ।’
अर्का स्थानीय पुरुसोत्तम अधिकारी भन्छ्न, ‘आएर बस्नेलाई त्रास हुन्छ नै कहाँ कहाँबाट सुरक्षित आएको छ्न। यहाँ आएर बसेकोमा हाम्रा नागरिकलाई पछुतो नलागोस भन्ने हिसाबले सम्बन्धित निकायले काम गरोस भन्न चाहान्छु।’
Facebook Comment