धितोपत्र बोर्डले भन्यो : पुँजीगत लाभकर नै अन्तिम लाभकर हो

डिसी नेपाल
३ असार २०७७ १४:३५

काठमाडौं। नेपाल धितोपत्र बोर्डले पुँजीगत लाभकरको बारेमा स्पष्ट पारेको छ। बोर्डले बुधबार एक विज्ञप्ति जारी गरी पूँजीगत लाभकरलाई नै अन्तिम कर मानी गणना गर्ने व्यवस्था गर्न कर कार्यालयहरुलाई अनुरोध गरेको छ।

कतिपय कर कार्यालयहरुले पुँजीगत लाभकरलाई नै अन्तिम कर मानी गणना गरेपनि कतिपय कर कार्यालयहरुले पुँजीगत लाभकरलाई अन्तिम कर मान्न अस्विकार गरी कर चुक्ताको प्रमाणपत्र नदिँदा समस्या उत्पन्न भएको थियो।

कर कार्यालयहरुले पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्ने विषयमा स्पष्ट व्यवस्था नभएको भन्दै आइरहेका थिए। पुँजीगत लाभकरको व्यवस्थाबारे स्पष्ट पार्न जरुरी रहेको भन्दै बोर्ड विज्ञप्ति जारी गरेको हो।  धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करको रुपमा गणना गरिदिने व्यवस्था गर्न माग गर्दै आएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *