बहराइनबाट २५ जुनमा काठमाडौँका लागि दोस्रो चार्टर जहाज उड्ने, भाडा १४८ डिनार तिर्नुपर्ने

डिसी नेपाल
३ असार २०७७ १८:५०

काठमाडौँ । बहराइनबाट काठमाडौँका लागि थप उडान तय भएको छ । आगामी २५ जुन बिहीबारका दिन दोस्रो उडान भएको मान्मास्थित नेपाली दूतावासले जनाएको छ ।

कोरोना भाइरसको कारण बहराइनमा समस्यामा परेका नेपालीहरुलाई फर्काउनका लागि गरिएको यो दोस्रो चार्टर जहाज हो । दूतावासका अनुसार पहिलो चार्टर जहाजले २१ जुन आइतबारका दिन उडान भर्नेछ ।

दोस्रो उडानबाट उडानबाट स्वदेश फर्कने नेपालीहरुको सूचि नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा राजदूतावासले तयार गरेको हो । दोस्रो उडानका लागि प्राथमिकतामा २९१ जना परेका छन् ।

सो चार्टर उडानका लागि सेवा प्रदायक कम्पनीले १४८ डिनार तोकेको छ।

स्वदेश फर्कने व्यक्तिले हवाई उडान गर्नु अगाडि कोभिड संक्रमण नभएको स्वास्थ्य परीक्षण ९पिसीआर÷आरडिटी वा अन्यृ कुनै स्विकृत प्राप्त चिकित्सकबाट कोरोना लक्षण नदेखिएको फिट टु फ्लाइट प्रमाणपत्र ७ दिन म्याद रहने गरि साथमा राख्नुपर्ने दूतावासले जनाएको छ ।

यसरी फर्कने व्यक्तिले स्वदेश आइसकेपछि यातायात खर्च र होटल तथा क्वारेन्टिन खर्च आफैँले व्यहोर्नु पर्ने जानकारी गराइएको छ। उडान भर्ने बेलामा सबै यात्रुले मास्क अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने दूतावासले निकालेको सूचनामा उल्लेख छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *