ईङल्यान्ड द्धारा बन्द प्रशिक्षणका लागि ३० खेलाडीहरुको घोषणा

काठमाडौं । वेस्टईन्डिज बिरुद्धको टेस्ट श्रृंखला अघि ईङल्यान्ड राष्ट्रिय क्रिकेटका चयनकर्ताहरूले बुधबार बन्द प्रशिक्षणका लागि ३० खेलाडीहरूको घोषणा गरेका छन । बन्द प्रशिक्षणमा परेका खेलाडीहरूको समूहले २३ जुनमा एजिस बाउलमा हुने अभ्यास क्याम्पमा भाग लिनेछन। यो समूहले एज बाउलमा बिभिन्न रेड बल म्यानेजमेन्ट टिमका साथ प्रशिक्षण गर्नेछ। त्यसपछि खेलाडीहरू जुलाई १ मा हुने तीन दिने अभ्यास खेलमा भाग लिनेछन्। अभ्यास खेलपछि वेस्टईन्डिज बिरुद्धको पहिलो टेस्ट को लागी टोलीको घोषणा गरिनेछ ।
इङल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले वेस्टईन्डिज बिरुद्ध टेस्ट सिरीजको तयारीका लागि टोलीमा तीन काउन्टी प्रशिक्षक पनि थपेको छ, जसमा ग्लेन चैपल, रिचर्ड डाउसन र म्याथ्यू वाकर रहेका छन्। यी तीन प्रशिक्षकहरु क्रमशः लन्काशायर, ग्लोसेट्सर र केन्टका मुख्य प्रशिक्षक हुन्। प्रशिक्षकहरू मंगलबार साउथेम्प्टनको एजेज बाउलमा टोलीमा सामेल हुनेछन् जहाँ टेस्ट श्रृंखलाको पहिलो खेल ८ जुलाई देखि खेलिने छ। दोस्रो र तेस्रो टेस्ट म्यानचेस्टरको ओल्ड ट्र्याफर्डमा खेल्ने तय भएको छ जहाँ वेस्टईन्डिज टिमले अहिले तयारी गरिरहेको छ। श्रृंखलाको बखत, खेलाडीहरूको कोरोना भाइरस महामारीको कारण नियमित परीक्षणहरू गरिनेछ ।
बन्द प्रशिक्षणका लागि छनौट भएका खेलाडीहरु : मोइन अली, जेम्स एन्डरसन, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, डोमिनिक बेस, जेम्स ब्रेसेस, स्टुअर्ट ब्रोड, रोरी बर्न्स, जोस बटलर, ज्याक क्रोली, साम करन, जो डेन्ले, बेन फक्स, लुइस ग्रेगरी, किटन जेनिङस, ड्यान लोरेन्स, ज्याक लीच, साकीब मेहमूद, क्र्याग ओर्टन, जेमी ओभरटन, म्याथ्यू पार्किन्सन, ओल्ली पोप, ओली रोबिनसन, जो रूट, डोम सिब्ली, बेन स्टोक्स, ओली स्टोन, अमर विर्डी, क्रिस वोक्स र मार्क वुड ।
Facebook Comment