स्कटल्याण्ड र अष्ट्रेलिया बीचको टि–२० खेल रद्द

काठमाडौं । कोरोनाको कारण स्कटल्याण्ड र अष्ट्रेलिया बीचको टि–२० खेल रद्द भएको छ । स्कटल्याण्ड र अष्ट्रेलिया बिच एक मात्र टि–२० अन्तर्राष्ट्रिय खेल अन्ततः कोरोना महामारीको कारण रद्द भएको क्रिकेट स्कटल्याण्डले जनाएको छ। बोर्डले जारी गरेको विज्ञप्ति अनुसार जुन २९ मा हुने यो खेल खर्च र ब्यबस्थापन कारण एडिनबर्गमा जैविक दृष्टिबाट सुरक्षित वातावरणमा खेल आयोजित गर्न सम्भव नभएको हो। अष्ट्रेलियाले यो खेल इङल्यान्ड संग सीमित ओभरको सीरीज भन्दा पहिले खेल्नु पर्ने थियो।
क्रिकेट स्कटल्याण्डले आफ्नो विज्ञप्तिमा भनेको छ, कोभिड १९ को कारणले अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्धको कारण क्रिकेट स्कटल्याण्डले इङल्यानड तथा वेल्स क्रिकेट (ईसीबी) र क्रिकेट अष्ट्रेलियाको सहमतिमा अष्ट्रेलियाको बिरूद्ध टि –२० खेल रद्द गर्न सहमत भएको हो।
“We have explored all potential options and concluded that it is no longer possible to play the men’s T20 international against Australia.” ?
Fans will automatically receive a refund via our ticketing partner, Ticketline.#FollowScotland ???????
— Cricket Scotland ? (@CricketScotland) June 17, 2020
क्रिकेट स्कटल्याण्डका सिईओ गुस म्याकेले भने, स्कटल्याण्डका सबैका लागि यो निराशाजनक खबर हो । हामीले सबैले सम्भावित विकल्पहरू विचार गरेर अष्ट्रेलिया बिरूद्धको टि २० खेलको आयोजना गर्न नसक्ने निष्कर्षमा पुगेका छौं ।
एकमात्र टि–२० खेल रद्द भएपछि इङल्यान्ड तथा वेल्स क्रिकेट (ईसीबी) र क्रिकेट अष्ट्रेलिया बीच जैविक दृष्टिबाट सुरक्षित वातावरणमा सीमित ओभरका श्रृंखलाहरू आयोजना गर्न कुराकानी भइरहेको छ।
Facebook Comment