जिल्ला क्रिकेट संघले खेलाडीहरुको बिमा गर्ने

काठमाडौं । सुनसरी जिल्ला क्रिकेट संघले संघबाट जिल्ला टिमका लागी खेल्ने क्रिकेट खेलाडीहरुको लागी बिमा गरिने जनाएको छ । संघले जारी गरेको बिज्ञप्ती अनुसार जिल्लाका लागी खेल्ने सिनियर, यू–१९, यू–१६ खेलाडीहरुलाई कोभिड १९ संक्रमण तथा खेल खेल्ने क्रममा अंङ्गभंङ्ग भएमा त्यस्ता खेलाडीहरुको लागि बिमा गरिने जनाएको छ ।
बुधबार जारी गरिएको बिज्ञप्तीमा संघले जिल्लाका सम्पूर्ण खेलाडीहरु लाई संघको कार्यालय अथवा नजिकै रहेका संघका पदाअधिकारी हरुलाई सम्पर्क गर्न आग्रह गरेको छ ।
क्रिकेट खेलाडीहरुको भविष्य तथा कोरोना भाईरसको संक्रमण ध्यानमा राख्दै क्रिकेट संघले नया कार्यको थालनी गरेको सुनसरी जिल्ला क्रिकेट संघका सदस्य तथा कार्य सम्पादन संयोजक बिप्लव घोषले डिसी नेपाललाई बताए ।
https://www.facebook.com/biplove.ghosh/posts/2655533211381424
Facebook Comment